महिला खबर
काठमाडौं, कात्तिक ११। सामान्य प्रशासन मन्त्री रेखा शर्माले महिला राष्ट्रपति पदमा आउनु गणतन्त्र नेपालका लागि गौरवको विषय भएको प्रतिक्रिया दिनुभएको छ। राष्ट्रपतिलाई मतदानमा सहभागी हुन संसद भवन नयाँ बानेश्वर पुग्नु भएकी मन्त्री शर्माले बिद्या भण्डारी जित निश्चित भएको दावी गर्दै नेपालका लागि यो एउटा नमुनायोग्य काम हुने बताउनुभयो।
महिला कुशल र सक्षम भएको भन्दै उहाँले महिलाले राज्यका जनसुकै जिम्मेवारी कुशलतापुर्वक र जिम्मेवार भएर निभाउने बताउनुभयो।
यसैगरि एमाले सांसद ममता गिरीले महिला ठुलो पदमा आउनु महिला आन्दोलनको ठुलो उपलब्धि भएको प्रतिक्रिया दिनुभयो। राष्ट्रपति र सभामुखले कुनैपनि निर्णयमा प्रत्यक्ष हस्तक्षेप गर्न नमिल्ने भएपनि अन्तिम निर्णयमा चाहिँ उनीहरू कै हात हुनाले नेपाली महिलाका लागि उहाँहरूले काम गर्नुहुनेछ भन्ने विश्वास आफूलाई लागेको बताउनुभयो।
आजको राष्ट्रपति निर्वाचनमा नेकपा एमाले उपाध्यक्ष विद्या भण्डारी र नेपाली काग्रेंसका नेता कुन वहादुर गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ। भण्डारीलाई सत्तारुढ दल एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक सहितका दलको समर्थन रहेकाले भण्डारीको जित लगभग निश्चित भएको सांसदहरूको प्रतिक्रिया छ। व्यवस्थापिका संसदमा ५९९ सांसद छन् । राष्ट्रपतिमा निर्वाचित हुन २९९ मत आवश्यक पर्छ ।
संसद सचिवालयका प्रवक्ता डा भरत गाैतमका अनुसार ५९७ जना मतदाता मध्ये अान्दाेलनरत मधेशी माेर्चा अावद्ध ३६ जना सांसदले निर्वाचन वहिस्कार गरेका छन्। अहिले १ बजेसम्म ५४१ जनाले मतदान गरिसकेकाे सचिवालयले जनाएकाे छ ।
प्रकाशित मितिः २०७२ कात्तिक ११ गते बुधवार
Comment Here!