मतदान सम्पन्नः ५४९ मत खस्यो


प्रकाशित मिति :2015-10-28 14:27:27

महिला खबर

काठमाडाैं,कात्तिक ११ । राष्ट्रपति चयनको लागि आज भएको निर्वाचनमा कूल ५४९ सांसद्ले मतदान गरेका  छन् । नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद्को ल्होत्से हलमा बिहान ११ बजेबाट शुरु भएको मतदानमा संसद्मा हाल कायम रहेका ५९७ मध्ये ५४९ ले मतदानमा भाग लिनुभएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो।

मतदानमा ४७ सांसद् अनुपस्थित रहेका थिए । एक सांसद् निलम्बनमा रहेकाले मतदानमा भाग लिन पाएनन् ।
मतदान सकिएकाले अब २.३० बजेबाट मतगणना प्रारम्भ हुने छ भने अपरान्ह ५ बजे बस्ने संसदको वैठकमा मत परिणाम घोषणा गरिनेछ।

राष्ट्रपतिमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाट कूलबहादुर गुरुङ प्रतिस्पर्धी हुनुहुन्छ।

प्रकाशित मितिः २०७२ कात्तिक ११ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: