काठमाडौं, कात्तिक ११। राष्ट्रपति पदको बलियो प्रतिस्पर्धी मानिएकी एमाले उपाध्यक्ष विद्या भण्डारीले आफू राष्ट्रपति पदमा निर्वाचित भए एक जिम्मेवार अभिभावकको भूमिका निभाउने बताउनु भएको छ।
राष्ट्रपतिको निर्वाचनमा सहभागी भएर संसद भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उहाँले सवै पार्टीले विश्वास गरेर आफूलाई ठुलो पदका लागि पठाएकाले उनीहरूको विश्वासलाई डग्मगमउन नदिने अठोट गर्नुभयो। यो पदमा आफूले जिते संविधान र कानुन अनुसार नै भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो।
आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने समेत उहाँले बताउनुभयो। मधेशको समस्या हाम्रो र देशको समस्या भएको हुनाले यसको समाधान आन्दोलनबाट भन्दापनि पनि संसदबाट खोज्नुपर्ने उहाँले बताउनुभयो।
प्रकाशित मितिः २०७२ कात्तिक ११ गते बुधवार
Comment Here!