महिला खबर
नेपालगन्ज, कात्तिक ११। शल्यक्रियाका क्रममा शरीरभित्रै सियो हराएपछि जाजरकोटकी शोभा सिंहको स्वास्थ्य अवस्था गम्भीर बन्न पुगेको छ। कात्तिक १ गते जाजरकोट अस्पतालमा सुत्केरी भएकी नायकवाडा ६ तोलखानकी शोभाको सुत्केरी भएको भाग सिलाउने क्रममापेट मै सियो हराएको थियो।
पेट भित्रको बच्चाको आसन अप्ठेरो भएका कारण वच्चा जन्मिने भागको सामान्य शल्यक्रिया गरेर सिलाउने क्रममा सियो हराएको उनका आफन्तले बताएका छन्।शोभाको पेटबाट बच्चा निकाल्नका लागि डाक्टर दिपक पुनले बच्चा पाउने भाग खुकुलो बनाउन चिरफार गरेपछि स्टाफ नर्स विष्णु शाहले चिरेको भाग सिलाउने क्रममा भित्रै सियो हराएको उनका श्रीमान भुवन सिंहले जानकारी दिनुभएको छ।
जिल्ला अस्पताल जाजरकोटका डाक्टर दिपक पुनले धेरै सावधानी अपनाएपनि सुत्केरी शोभाको पेटमा सियो हराएको बताउनुभयो।
पेटमा सियो हराएपछि टाका लगाएको भाग फेरि खोलेर हेर्दा पनि नभेटिएपछि शोभाको अवस्था गम्भीर भएको हो। एक पटक सिलाइ सकेको भाग फेरि खोलेर हेर्दा पनि सियो नभेटिएपछि विरामीलाई नेपालगन्ज ल्याउन लागिएको सिंहले बताउनुभयो।
प्रकाशित मितिः २०७२ कात्तिक ११ गते बुधवार
Comment Here!