विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति


अभिभावकको भुमिका निभाउने छु

प्रकाशित मिति :2015-10-28 17:03:54

महिला खबर

unnamed (1)काठमाडौं, कात्तिक ११। राष्ट्रपति पदमा विद्या भण्डारी विजयी हुनुभएकाे छ ।  नेपालको इतिहासमा महिला राष्ट्रपति  भएकाे याे पहिलाे पटक हाे ।  उहाँ   गणतन्त्र नेपालकाे दास्राे राष्ट्रपति हुनुहुन्छ । पहिलाे राष्ट्रपति डा रामवरण यादवकाे कार्यकाल अाजैदेखि सकिएकाे छ । उहाँ २०६५ साल साउन ८ गते गणतन्त्र नेपालकाे पहिलाे राष्ट्रपति हुनुभएकाे थियाे ।

आज भएको  मतदानमा भण्डारीले ३२७ मत पाउनुभयो। उहाँका प्रतिद्वन्दी नेपाली काग्रेंसका कुल बहादुर गुरुङले २१४  मत पाउनु भयो। ८ मत वदर भएकाे थियाे ।  संसद्‍मा हाल कायम रहेका ५९७ मध्ये ५४९ राष्ट्रपतिको निर्वाचनमा मतदान गरेका थिए भने  मतदानमा ४७ सांसद अनुपस्थित थिए। नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसदको ल्होत्से हलमा बिहान ११ बजेबाट मतदान शुरु भएको थियो।

राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले आफू यो पदमा बसेर एक जिम्मेवार अभिभावकको भुमिका निभाउने बताउनुभयो। उहाँले सवै पार्टीले विश्वास गरेर आफूलाई ठुलो पदका लागि पठाएकाले उनीहरूको विश्वासलाई डग्मगाउन नदिने अठोट उहाँले गर्नुभएको थियो। आफूले संविधान र कानुन अनुसार नै भुमिका निर्वाह गर्ने उहाँको भनाइ छ। उहाँले आफूलाई भोट दिएको र नदिएको भनेर कसैलाई काखा र कसैलाई पाखा नगर्ने उहाँले बताउनुभयो।

विद्या भण्डारीको राजनीतिक यात्रा

२०३६  सालको पञ्चायतविरुद्धको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या भण्डारी स्व राम बहादुर पाण्डे र  आमा मिथिला पाण्डेबाट २०१८ साल असार ५ गते भोजपुर मानेभञ्ज्याङमा जन्मिनुभएको हो। उहाँले माध्यामिक शिक्षा भोजपुरकै बिद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट लिनुभएको हो। भोजपुर क्याम्पस, भोजपुरबाट आई. ए. उतिर्ण गरेकी भण्डारीले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्नातक अध्ययन गर्नुभएको छ।

xx

 उहाँ २०३५ सालमा भोजपुर क्याम्पस पढ्दा २०३५ सालमा तत्कालिन नेकपा (माले) सम्बद्ध युवालीगमा संगठित हुनुभएको थियो भने २०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधीका रुपमा सहभागी हुनुहुन्थ्यो। २०३७ मै उहाँले तत्कालिन नेकपा (माले) को सदस्यता प्राप्त गर्नुभएको हो।

२०३६ देखि  २०४४ सालसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य रहनुभएकी भण्डारी २०३९/०४० सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित हुनुभएको थियो। २०४६ सालमा किर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङका तर्फबाट प्रतिनिधित्व गर्नुभएकी उहाँले उक्त सम्मेलनबाट अनेमसंघको अध्यक्षमा चुनिनुभयो। त्यसयता सम्पन्न २ वटा सम्मेलन सम्पन्न भए र हालपनि अनेमसंघको अध्यक्ष उहाँ नै  हुनुहुन्छ।

२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशन र  २०५९ सालमा जनकपुरमा भएकोे सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भण्डारी २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियनमहा संघ जिफण्टको महिला विभाग प्रमुख रहनुभएको थियो। २०६४ सालमा सम्पन्न पार्टीको आठौं र २०७१ सालमा सम्पन्न नवौं महाधिवेसनबाट  भण्डारी उपाध्यक्षमा निर्वाचित हुनुभएको हो।

  २०५० सालको उपनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ वाट नेपाली काग्रेंसका नेता कृष्ण प्रसाद भट्टराईलाई हराउँदै अत्यधिक मत पाएर विजयी हुनुभएको थियो। यसैगरि २०५१ सालको  मध्यावधी निर्वाचनमा नेपाली काग्रेंस कै दमननाथ ढुङ्गानालाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो भने  ०५६ सालको  तेस्रो प्रतिनिधि सभाको निर्वाचनमा पनि उहाँ काठमाडाैं क्षेत्र नम्बर २ बाटै  निर्वाचित हुनुभएको थियो।

उहाँ २०५४ सालमा जनसंख्या तथा वातावरण मन्त्री हुनुभएको थियो। २०६४ देखि ०६६ सम्म रक्षामन्त्री रहनुभएकी भण्डारीले भारत, पाकिस्तान, चीन, अमेरीका, क्यानाडालगायतका देशको भ्रममण्म गर्नु भएको छ।  पार्टीको आयोजनामा उहाँले २०३९ सालमा तत्कालिन नेकपा (माले) का नेता मदनकुमार भण्डारीसँग विवाह गर्नुभयो। उहाँहरूका २ छोरी उषाकिरण भण्डारी र निशाकुशुम भण्डारी हुनुहुन्छ।

२०६२ /६३ को जनआन्दोलनको बलमा पुर्नस्थापित संसदमा उहाँले राज्यका हरेक निकायमा एक तिहाई सहभागिता, आमाको नामबाट नागरिकतासहित ल्याएको संकल्प प्रस्ताव पारित भएको थियो। यहि प्रस्तावको बलमा अन्तरिम संविधान २०६३ मा महिला सहभागिताको क्षेत्र व्यापक भएको थियो भने नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिलाको एक तिहाइ सहभागितालाई संस्थागत गरेको छ।

प्रकाशित मितिः २०७२ कात्तिक ११ गते बुधवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: