महिला खबर
काठमाडौँ, कात्तिक १२ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा आज सर्नुहुनेछ ।
प्रधान न्यायाधीशबाट आज ३ बजे आफ्नो पद तथा गोपनीयताको शपथ लिएपछि उहाँ साँझ ५ बजे निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भई आजै काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वरस्थित आफ्नो निवासबाट शीतलनिवास सर्ने उहाँका स्वकीय सचिव शिव भट्टराईले जानकारी दिनुभयो ।
भण्डारी नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्राध्यक्षमा बुधबार निर्वाचित हुनुभएको हो । उहाँको स्थायी ठेगाना भने मोरङ जिल्लाको इटहरामा रहेको छ ।
प्रकाशित मितिः २०७२ कात्तिक १२ गते बिहीवार
Comment Here!