एक महिनामा ११ महिलाको हत्या


प्रकाशित मिति :2015-10-29 13:19:47

महिला खबर

काठमाडौं, कात्तिक १२ । एक महिनामा ११ जना किशोरी तथा महिलाको हत्या भएकोे सञ्चार अनुगमनले देखाएको छ ।  आसोज १ देखि ३० गतेसम्म गरेको सञ्चार अनुगमनले यस्तो देखाएको सञ्चारिका समूह नेपालका सचिव बिमला तुम्खेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समूहले १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले ११ जना किशोरी तथा महिलाको हत्या भएको देखाएको छ । अनुगमन अवधिमा हत्या सम्बन्धि ३६ वटा समाचार सामग्री प्रकाशित भएको जारी विज्ञप्तिमा उल्लेख छ । अनुगमनमा खेलकुद र मनोरञ्जन सम्बन्धि समाचार बाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको सचिव तुम्खेवाको भनाइ छ ।

महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो, जसमा बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  असोज महिनामा बलात्कारका ८ वटा घटना भएको र बलात्कारसम्बन्धी २२ वटा समाचार सामग्री प्रकाशित भएको समूहले गरेको सञ्चार अनुगमनमा देखिएको छ ।

Violence

यसैगरी बोक्सी आरोपको १ वटा घटना थियो भने यससम्बन्धि ४ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारका ३ वटा समाचार सामग्री प्रकाशित भएको विज्ञप्तिमा उल्लेख छ ।  स्वास्थ्य अधिकार हनन्का ७६ वटा समाचार सामग्री प्रकाशित भएका, आर्थिक अधिकारसँग सम्बन्धित २२ वटा समाचार, विचार तथा सम्पादकीय छापिएको समूहले गरेको अनुगमनमा देखाएको छ ।

यस अवधिमा मानव बेचबिखनसम्बन्धि ३४ र राजनितिक अधिकार हननसम्बन्धि १६ समाचार, विचार तथा सम्पादकीय छापिएको जारी विज्ञप्तिमा उल्लेख छ ।  त्यस्तै परम्परागत र धार्मिक हिंसासम्बन्धि १ वटा घटना र १० वटा समाचार सामग्री प्रकाशित थिए । घरेलु हिंसाका २ वटा घटना भएका थिए भने  ५ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यो महिना दाईजो र बहुबिवाह सम्बन्धि कुनै समाचार सामग्री प्रकाशित नभएको समूहले जनाएको छ ।

महिला हिंसासम्बन्धि सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएको सचिव तुम्खेवाले जारी गरेको विज्ञप्तिमा छ ।  जारी विज्ञप्ति अनुसार पहिलो पृष्ठमा जम्मा ९ वटा  समाचार छापिएका भएका थिए भने ४० वटा समाचार पाचौं पृष्ठमा छापिएका थिए ।

यसैगरी महिला हिंसासम्बन्धि समाचारको स्थान सन्तोषजनक थियो । अनुगमनले महिलामाथि हिंसा गर्नेमा, परिवारका सदस्यबाट १८, छिमेकी ५, पीडक उल्लेख नभएका ४ र  अन्य १० भएको देखाएको छ । सो अवधिमा महिला हिंसासम्बन्धि सम्पादकीय ५, फोटो समाचार २, लेख २७, सफ्ट न्यूज ३० तथा हार्ड न्यूज १६८ प्रकाशित थिए । प्रकाशित समाचारमध्ये हार्ड न्यूज २२, सफ्ट न्यूज १५ र १३ वटा लेखमा मात्र फोटो/स्केच प्रयोग गरिएको थियो ।

यसमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाल अंगे्रजी दैनिकहरू समेटिएका समूहका सचिव बिमला तुम्खेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

प्रकाशित मिति २०७२ कात्तिक १२ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: