महिला खबर
काठमाडौं, कात्तिक १२ । नवनिर्वाचित राष्ट्राध्यक्ष विद्या भण्डारीलाई छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जीले बधाई दिनुभएकाे ।
भारतीय राष्ट्रपतिका तर्फबाट नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपरान्ह नयाँबानेश्वरस्थित भण्डारीको निवास पुगी उहाँलाई बधाई दिनुभएको हो ।
राष्ट्राध्यक्ष भण्डारीका स्वकीय सचिव नवराज गौतमका अनुसार राजदूत रायले भारतीय राष्ट्रपतिका तर्फबाट उहाँको कार्यकालको सफलताका लागि बधाई दिनुभएको थियो ।
प्रकाशित मितिः २०७२ कात्तिक १२ गते बिहीवार
Comment Here!