महिला खबर
काठमाडौं, कात्तिक १२। नव निर्वाचित राष्ट्राध्यक्ष विद्या भण्डारीले एमालेको उपाध्यक्ष र पार्टी सदस्यता परित्याग गर्नुभएको छ ।
राष्ट्राध्यक्ष भण्डारीले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको दायित्व निष्पक्षतापूर्वक सम्पन्न गर्न एमालेको उपाध्यक्ष सहित दलको सदस्यता र एमाले सम्बद्ध जनसंगठनको नेतृत्वको जिम्मेवारीबाट समेत अलग भएको घोषणा गर्नु भएको छ ।
राष्ट्राध्यक्ष भण्डारीले आजैबाट व्यवस्थापिका संसदको सदस्यबाट समेत राजिनामा दिएको जारी विज्ञप्तिमा उल्लेख छ । उहाँले राष्ट्रपति पदमा पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नु भएको छ ।
प्रकाशित मिति २०७२ कात्तिक १२ गते बिहीवार
Comment Here!