नवनिर्वाचित राष्ट्राध्यक्ष विद्या भण्डारीद्वारा पद तथा गाेपनीयताको शपथ


प्रकाशित मिति :2015-10-29 15:44:17

महिला खबर

oath

काठमाडौं¸कात्तिक १२ । नवनिर्वाचित राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीले आज पद तथा गोेपनीयताको शपथ लिनुभएको छ  । आज अपरान्ह शीतल निवासमा अयाेजित विशेष समारोहमा प्रधान न्यायाधिस कल्याण श्रेष्ठले राष्ट्राध्यक्ष भण्डारीलाई पद तथा गोपनियताको शपथ गराउनुभयो  । उहाँले इश्वर र जनताको नाममा शपथ लिनुभएको थियो ।
नवनिर्वाचित राष्ट्राध्यक्ष भण्डारीले शपथपत्रमा हस्ताक्षर गर्नुभएपछि निर्वतमान राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीलगायतसँग परिचय गर्नुभएको थियो ।

समारोहमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक अङ्गका प्रमुखहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, सांसद, नेपाल सरकारका उच्च अधिकारी, सुरक्षा अङ्गका प्रमुखहरू, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

शपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपति डा यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरण गर्नुभएको थियो । शपथ ग्रहणपछि नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा २१ तोपको सम्मान गारद अर्पण गरेको थियो । भण्डारी बुधबार राष्ट्राध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यसअघि नवनिर्वाचित राष्ट्रपति भण्डारी आफ्नो निवास मध्यबानेश्वरबाट विशेष सुरक्षा व्यवस्थासहित राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको थियो । नवनिर्वाचित राष्ट्रध्यक्ष भण्डारी आजै शितल निवास सर्ने कार्यक्रम छ ।
प्रकाशित मिति २०७२ कात्तिक १२ गते बिहीवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: