महिला खबर
कैलाली, कात्तिक १३ । नेपालको इतिहासमा पहिलोपटक महिला राष्ट्राध्यक्ष भएकोमा देशभर दिप प्रज्वलन गरी बधाई दिदैँ खुसीयाली मनाईएको छ ।
कैलालीका महिला अधिकारकर्मीहरूले नेपालीको संविधान जारी भएपछि विद्यादेवी भण्डारी प्रथम महिला राष्ट्राध्यक्ष भएकोमा बधाई दिदैँ महिला अधिकारको लागि लामो समयदेखिको आन्दोलन केही सार्थक भएकोमा दिप प्रज्वलन गरी खुसीयाली मनाएको बताएका छन् ।
अधिकारकर्मी सावित्रा घिमिरेले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीलाई बधाई दिदैँ भन्नुभयो ‘पितृसत्तात्मक सोचले जकडिएको नेपाली राजनीतिभित्रबाट निर्णायक तहमा महिला पुग्दा त्यो सोचको अन्त्य हुँदै गएको अनुभूति भएको छ ।’ घिमिरेले राष्ट्राध्यक्ष हुँदा नेपाली महिलामा खुसी छाएको बताउनुभयो ।
यसैगरी अधिकारकर्मी संगिता अधिकारीले भन्नुभयो ‘निर्णायक तहमा महिलाको पँहुच र सहभागिता बढ्दै जानु महिलाको लागि खुसिको कुरा हो, यो हामी सबै महिलाको जीत पनि हो ।’
प्रकाशित मिति २०७२ कात्तिक १३ गते शुक्रवार
Comment Here!