प्रताप बानिया
म्याग्दी, कात्तिक १४ । म्याग्दी कुहुँकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुहुँका ३५ वर्षीय चैते किसानले सोही स्थानकी ४५ वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
गत ९ गते राती घरमै आइ बलात्कार गरेको भन्दै पीडित महिलाले २ दिनपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीको आधारमा किसानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले जानकारी दिनुभयो ।
पक्राउपछि पीडक र पीडित दुवैको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा स्वास्थ्य परीक्षण गरिएको थियो । पीडक किसानलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ । घटनाको बारेमा गाउँमै गएर प्रारम्भिक अनुसन्धान समेत गरेको प्रहरीको भनाई छ ।
प्रकाशित मितिः २०७२ कात्तिक १४ गते शनिवार
Comment Here!