हिंसा र विभेदमा नायिकाहरू


प्रकाशित मिति :2015-11-01 13:29:22

एउटा चलचित्रमा नायकले नायिकालाई अनेक समस्याबाट बाहिर निकाल्न सहयोग गर्छ तर वास्तविक जीवनमा नायिकाहरूले त्यो सहायता पाउँदैनन् ।
हरिजंग थापा

Priyanka Karkiप्रियंका कार्की अहिलेकी व्यस्त नायिका मध्ये एक हुन् । चलचित्र झोलेसँगै सफलताको सिँढीमा उक्लिएकी उनी अमेरिकाको ग्रीनकार्ड त्यागेर स्वदेश फर्केकी हुन । अमेरिका बसाईमा चलचित्र सम्बन्धी ज्ञान हासिल गरेकी प्रियंकाले त्यहाँ सिकेको सीपले दक्षता र आत्माविश्वास बढाएको बताइन् ।

प्रियंकाले अभिनय गरेका चार चलचित्र ‘करोड क्लब’मा प्रवेश गरे । उनी अभिनीत झोले, नाई नभन्नु ल २, नाई नभन्नु ल ३ र वडा नम्बर ६ ले करोड रुपैयाँ भन्दा बढी कमाएका छन् । दक्षता र आत्माविश्वास भएपछि हिंसा र विभेद गर्ने आँट कसैको हुन नसक्ने उनी बताउँछिन् । आफू सक्षम भएपछि मात्र यो क्षेत्रमा प्रवेश गर्न उनको अरुलाई सुझाव छ ।

यस्तै मान्यता राख्छिन्, नायिका निशा अधिकारी । उनी सर्वोच्च शिखर सगरमाथा आरोहणपछि अफ्रिकाको उच्च हिमाल किलीमान्जरो आरोहण गरेर फर्केकी छन् । निशा भन्छिन्, ‘सिने क्षेत्रमामात्र होईन समयमा तलब नपाउने समस्या अरु क्षेत्रमा पनि छ । बोल्ने आँट र अधिकारप्रति सचेत भएमा यस्ता समस्या आँफै समाधान हुन्छन् ।’

परेर पाका बनेका रेखा थापा, करिश्मा मानन्धर, झरना थापाको पनि अनुभव यस्तै छ । पारिश्रमिक विभेदको महशुस भने सबैले गरेका छन् । चलचित्रका मुख्य पात्र नायक र नायिकाको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । तर, पारिश्रमिकमा भने निकै अन्तर हुने गर्छ ।

सिने क्षेत्रमा पारिश्रमिकमा हुने विभेद अन्त्य हुनुपर्छ भन्ने कुरा तात्दै सेलाउँदै गर्छ । तर यसको मारमा नायिकाहरू पर्ने गरेको प्रियंका कार्की बताउँछिन् । नायिका कार्की भन्छिन्, ‘पारिश्रमिक विभेद अहिलेको अवस्थामा स्वभाविक हो । जति नै दक्ष भएपनि फिल्मको बजेट हेरेर काम गर्नुपर्छ, होइन भने बेरोजगार हुने अवस्था छ ।’ यो क्षेत्रमा आफैँ पैसा हालेरै फिल्म खेल्न तयार हुनेहरू पनि प्रशस्तै भएकोले नायिकाले थोरै पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ ।’

महिला कलाकार मञ्चकी अध्यक्ष मौसमी मल्ल ‘चर्चा र लोकप्रियताका लागि सिने क्षेत्र रोजिने भएकाले इज्जत जाने डरले हिंसा र विभेदका कुरा बाहिर नआएको’ बताउँछिन् । गएको वर्ष मञ्चमा हिंसा र विभेदका २० वटा उजुरी परेका थिए । यसवर्ष अहिलेसम्म दुई वटा उजुरीमात्रै आएका छन् । ती उजुरी पारिश्रमिक नदिएको र फिल्मबाट निकालिएको विषयमा रहेका छन् । मञ्चको पहलमा उनीहरूको समस्या समाधान गरिएको अध्यक्ष मल्लको भनाई छ । प्रतिकार गर्ने र अधिकारबारे सचेत भएमा हिंसा र विभेद कम गर्न सकिने उनको विश्वास छ ।

Bikash Acharya Directorचलचित्रकर्मी एवं समिक्षक मनोज पण्डित भन्छन् ‘व्यक्तिवादी प्रवृत्ति नेपाली सिने क्षेत्रमा हावी छ । एउटा व्यक्तिको चाहाना, सनक र खर्चले फिल्म बन्ने अवस्था रहेकाले हिंसा समस्याको रुपमा  रहेको छ ।’ उनी भन्छन् ‘प्रचारका नाममा नायिकाको खुलेआम गलत प्रयोग हुने गरेको छ, जसले गर्दा नायिकाहरू यौनजन्य हिंसामा पर्ने सम्भावना धेरै हुन्छ ।’

डेब्यु सिनेमाबाट नै एउटा नायिकाको नाम निर्माता, निर्देशक र नायकसँग जोडिन्छ । जसले नायिकाको पुरै जिन्दगीमा प्रभाव पार्न सक्छ । त्यसैले परिवार, नाता र समाजले यो क्षेत्रलाई नै विकृत देख्छ । यहि समस्याको सिकार भएर नेपाली सिने क्षेत्रका केही नायिकाले आत्महत्या समेत गरिसकेको छन् । हिंसा र विभेद भएको भनेर केही उजुरीहरू पनि पर्ने गरेका छन् । तर, केही दिनपछि ती आँफै सेलाउने गर्छन् । अन्य फिल्ममा अवसर नपाइने डरले कतिपय नायिका चुपचाप हिंसा सहन बाध्य हुन्छन् ।

सिनेमा निर्माण गर्दा व्यापारलाई मुलआधार बनाउने हुँदा यसले नायिकाहरूलाई हिंसा र विभेदको सिकार बनाउने पण्डितको बुझाइ छ । चलचित्रको कथावस्तुमा मात्र होइन, वास्तविक रुपमानै नायिकालाई हेप्ने प्रवृति नेपाली सिनेमा क्षेत्रमा छ । सौन्र्दय र शरीरलाई प्राथमिकतामा राखेर महिलालाई फिल्ममा परिक्षण गरिँदा  समस्या आउँछ । एउटा फिल्ममा अभिनय गरेपछि उनीहरू सामाजिक व्यक्तित्व बन्छन् । पुरानो पृष्ठभूिममा फर्कन गाह्रो पर्छ । त्यसैले हिंसा र विभेदका बाबजुद चुपचाप सिने क्षेत्रमा रहने प्रयास गर्छन् ।

कथाको पात्र अनुसारको कलाकार छनौट गर्ने, पात्रको भूमिका अनुसारको पारिश्रमीक दिने हो भने विभेद अन्त्य हुने निर्देशक विकास आर्चाय बताउँछन् । उनी भन्छन्, ‘नाई नभन्नु ल ४ का लागि कलाकार छनोट गर्दा मैले यो प्रयास गरेँ । गुणस्तरीय फिल्म निर्माणमा पनि यसले सहयोग पुर्‍याउने देखियो । नायिकामात्र होईन यस्तो व्यावसायिक तरिका अपनाउने हो भने कुनै पनि कलाकार विभेद र हिंसाको सिकार हुनु नपर्ने रहेछ ।’

Manoj Pandit Film Critcहिंसा सहेर बस्नु भन्दा प्रतिकार गर्ने हिम्मत बढाउनु जरुरी छ । हिंसा र विभेदको प्रतिकार गर्नेलाई तिरस्कार होईन सम्मानको खाँचो छ । आफूमाथि भएको हिंसा र विभेद सहन नसकेर सुन्दर सपना बोकेर सिने क्षेत्र प्रवेश गरेका सुन्दरीहरूले जीवन त्याग गरेका छन् । श्रीषा कार्की, जेशीका खड्का यसका उदाहरणहर हुन् ।

त्यसैले, रुचीको क्षेत्रमा होमिनु अघि केहि जानकारी राखेमा आत्मविश्वास बढ्छ । आत्मविश्वासले दक्षता दिलाउँछ । दक्षताले अवसर पैदा गर्नुका साथै व्यावसायिक बनाउँछ । दक्षता र व्यावसायिकताले नै यस्ता हिंसा र विभेदबाट टाढा रहन मद्दत गर्छ । नारी पात्रलाई यौनको प्रतिबिम्ब, व्यापारको हतियारमात्र बनाउने प्रवृति नरोकिने हो भने चलचित्र क्षेत्र अझै बदनाम हुँदै जानेछ ।

प्रकाशित मिति: २०७२ कात्तिक १५ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार छौँ । आफू जलेर आफ्ना चाहाना, खुशीहरुलाई

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: