महिला खबर
चितवन,कात्तिक १५ । जुनियर तालिम शिक्षालय भरतपुरले ६० औं प्रहरी दिवसका अवसरमा चेपाङ संरक्षण केन्द्रमा रहेका बालबालिका बीच मैत्रीपूर्ण फुटबल खेल खेलाएको छ । शिक्षालय परिसर भरतपुरमा भएको बालबालिका बीचको मैत्रीपूर्ण खेल निकै रोमान्चक थियो ।
सो अवसरमा वरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेलले शिक्षालयको तर्फबाट चेपाङ बालबालिकाका लागि ५१ हजार ४ सय रुपैयाँ अक्षय कोषको रकम चेपाङ संरक्षण केन्द्रलाई हस्तान्तरण गर्नु भएको थियो । यसैगरी उहाँले सडक बालबालिकाकाे उत्थानका लागि पनि ५१ हजार ४ सय रुपैयाँकाे अक्षय कोष हस्तान्तरण गर्नु भएकाे थियाे । सोही अवसरमा अपराध न्युनिकरणका लागि दुर्व्यसनमा लागेका सडक बालबालिक पुनस्थापना केन्द्र शिक्षालय परिसर भित्र खाेलिएकाे छ ।
प्रकाशित मिति २०७२ कात्तिक १५ गते आइतवार
Comment Here!