सुमित्रा के सी
रुकुम,कात्तिक १५ । रुकुमका महिला अधिकारकर्मीले संविधानमा टुङ्गो नलागेका महिलाका मुद्दालाई टुङ्गो लगाउन राष्ट्रपति र सभामुखलाई सुझाव दिएका छन् ।
उनीहरूले नेपालको इतिहासमा पहिलो पटक राष्ट्राध्यक्ष र सभामुख जस्तो उच्च पदमा महिला पुग्नु आन्दोलनको महत्वपूर्ण उपलब्धी भएको भन्दै नेपाली महिलाले राष्ट्राध्यक्ष र सभामुखबाट बाँकी अधिकारका लागि ठूलो आशा लिएको बताएका छन् ।
अन्तर पार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष देवी ओलीले पछिल्लो राजनैतिक परिर्वतनले महिला देश चलाउन सक्षम छन् भन्ने पुष्टि गरेको बताउनुभयो । उहाँले लामो समयदेखि जारी महिला आन्दोलनले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
रुकमका अधिकारकर्मीहरूले मुसिकोटमा एक कार्यक्रमको आयोजना गरी खुसी मनाउँदै मुसिकोटको कालिका मन्दिर परिसरमा दिप प्रज्वलन गरेका थिए ।
प्रकाशित मिति २०७२ कात्तिक १५ गते आईतवार
Comment Here!