बालविवाह नगराउन पण्डितहरू प्रतिबद्ध


प्रकाशित मिति :2015-11-01 14:45:36

ज्ञानु पंगेनी

IMG_20151104_123913
नवलपरासी, कात्तिक १५ । बाल विवाह न्यूनिकरणका लागि सहयोग गर्ने वचन पण्डितहरूले दिएका छन् ।  नवलपरासीको कावासोतीमा आयोजित मेरो अधिकार मेरो आवाज कार्यक्रम अन्र्तगत पण्डित , बालवालिका र युवाबिच गरिएको अन्तरकृया कार्यक्रममा नवलपुर क्षेत्रमा रहेका पण्डितहरूले बालविवाह न्यूनिकरणका लागि आफूहरू सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।  विवाह गराउन पण्डितको ठूलो हात हुने हुनाले उनीहरूले चाहेमा बालविवाह रोक्न महत्वपुर्ण भूमिका निभाउन सक्ने भन्दै पण्डितहरूलाई कार्यक्रममा सहभागी  गराईएको  आयोजकहरूले बताए ।

कार्यक्रममा बोल्दै वैदिक धर्म परिषद नवलपरासीका उपाध्यक्ष एकनारायण चापागाईंले परिषदले बालविवाह गराउने पण्डितलाई जरिवाना समेत तोकेको जानकारी दिनुभयो ।

कार्यक्रममा परिषदकै केन्द्रिय सदस्य भुपेन्द्र शर्मा गण्डर्षीले शास्त्रहरूमा समेत बालविवाह गर्दा स्वर्ग जाने, धर्म हुने जस्ता कुरा उल्लेख नभएको स्पष्ट पार्दै यस्ता विकृति मानिस आफैँले निम्त्याएको बताउनुभयो ।

उहाँले शास्त्रमा समेत २५ वर्षसम्म ब्रम्हाचार्य बस्नुपर्ने र पढ्नपर्ने र २५ वर्षपछि मात्रै गृहस्थमा प्रवेश गर्नुपर्ने अर्थात् विवाह गर्नुपर्ने भन्ने उल्लेख गरिएको  जानकारी दिँदै पछिल्लो समय मानिस स्वयमले नै शास्त्रको नियम उल्लङ्घन गर्दा समस्या आएको बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख डिएपी पर्शुराम तिवारीले पछिल्लो समय आफूखुसी सानै उमेर प्रेम विवाह गर्ने प्रवृत्ति बढ्दै गएकाले त्यस्ता खाले घटनाले निम्याएका समस्याहरू प्रहरीमा धेरै आउने गरेको जानकारी दिँदै पढ्दै गरेका बालबालिका तथा  युवाले  यस कुरामा  ध्यान दिनु जरुरी रहेकोमा जोड दिनुभएको थियो ।

कार्यक्रममा गतवर्ष जिल्लामा २ सय १० जनाको  बाल विवाह भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: २०७२ कात्तिक १५ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: