महिला खबर
नेपालगन्ज, कात्तिक १६ । खेलकुदमा महिला सहभागिता बढाउन मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
जिल्लास्तरीय छनौट प्रतियोगितादेखि क्षेत्रीय छनौट प्रतियोगितामा महिला खेलाडीलाई विशेष प्राथमिकता दिई प्रशिक्षण दिने नीति अवलम्बन गरेको क्षेत्रीय अध्यक्ष भीम ओलीले बताउनुभयो ।
ओलीले भन्नुभयो ‘यतिबेला जिल्लास्तरीय छनौट प्रतियोगिता भईरहेका छन्, यी प्रतियोगितामा बढि भन्दा बढि महिला खेलाडीलाई सहभागि गराई छनौट गर्नेमा लागिरहेका छौँ, यसबाहेक खेलकुदमा महिला सहभागिता बढाउनको लागि खेलकुदप्रति महिलालाई कुनै न कुनै रुपमा संलग्न गराउने अभियान पनि हामीले सञ्चालन गर्ने भएका छौं ।’
मध्यपश्चिममा खासगरी क्रिकेट, शुटिङ, फुटबल र भलिबलका खेलाडी रहेका छन् । नियमित खेलकुद प्रतियोगिता नहुँदा भएका महिला खेलाडी पनि पलायन भईरहेका छन् ।
भएका महिला खेलाडीलाई प्रतियोगिताहरूमा अवसर दिने र नयाँ खेलाडी उत्पादन गर्नेतर्फ समितिले चासो दिने समितिकी सदस्य रीता कोईरालाले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७२ कात्तिक १६ गते सोमवार
Comment Here!