भण्डारी राष्ट्राध्यक्ष बनेको खुसीमा सुत्केरीलाई फलफूल वितरण


प्रकाशित मिति :2015-11-02 10:34:31

महिला खबर

नेपालगन्ज, कार्तिक १६ । विद्यादेवी भण्डारी संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको प्रथम महिला राष्ट्राध्यक्षमा निर्वाचित भएको खुसीमा मदन भण्डारी फाउण्डेशन बाँकेले सुत्केरी महिलालाई फलफूल वितरण गरेको छ ।

नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको प्रसुती कक्षामा रहेका करिव दुईदर्जन सुत्केरी महिलालाई फलफुल वितरण गरिएको थियो ।

फाउण्डेशनकी अध्यक्ष समेत रहनुभएकी भण्डारी मुलुकमा पहिलो पटक महिला राष्ट्राध्यक्ष भएको खुसियालीमा अस्पतालमा रहेका सुत्केरी महिलालाई फलफूल वितरण गरिएको फाउण्डेशनका जिल्ला अध्यक्ष सूर्य ढकालले बताउनु भयो ।

फलफूल वितरण कार्यक्रमप्रति अस्पतालमा कार्यरत नर्स र उपचाररत सुत्केरी महिलाले खुसी प्रकट गरेका थिए ।

प्रकाशित मिति २०७२ कात्तिक १६ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: