१२ वर्षे ज्योतीको कार मेकानिक बन्ने सपना


'मोटरसाइकलको इन्जिन खोल्छु'

प्रकाशित मिति :2015-11-02 13:27:03

‘छोरीको लागि कुनै अवसर भए खोजी दिनु  प-याे   हजुर !’ उसको मेकानिक बन्ने इच्छा छ, मैले पढाउन र सिकाउन सकेको छैन । हामी जस्तोलाई सरकार र संघसंस्थाले तालिम दिन्छन् रे भन्नु सुनेको छु , कहाँ हुन्छ पुग्न सकिन ।’

खेमा बस्नेत

कैलाली, कात्तिक १६ । बस्तीको छेउ सडक किनारमा झप्रो घर । त्यही झुप्रो घरमा दुई थरीको व्यवसाय छ । चिया, चाउमिन जस्तो सामान्य नास्ता पसल र अर्कोपट्टी साइकल मर्मत पसल । त्यही साइकल मर्मत पसलमा ग्राहकलाई सेवा दिइरहेकी १२ वर्षीय बालिका ज्योति आफ्नै काममा व्यस्त छिन् । धनगढीमा रहेको भाषा स्कूल हालको धनगढी उमाविमा कक्षा ७ मा पढ्दै आएकी ज्योती चौधरी साइकल मेकानिक हुन् । आफ्ना बुबाको प्रेरणाबाट आफ्नै इच्छाले साइकल मर्मत गर्न सिक्दै आएकी ज्योती विद्यालयको छुट्टी पश्चात साइकल मर्मत गर्छिन् ।

दसैँ टिकाको तेस्रो दिन पनि चारैतिर दसैँको माहोल छँदै थियो । यताउताका स–सना पसलहरू बन्दप्रायः थिए । तर, ज्योतिको पसल भने सेवाग्राहीका लागि खुल्ला नै थियो । ज्योती बालिका हुन् । उनका साथीहरू दसैँमा खेलेर रमाइरहेका छन । तर, उनी अपवाद हुन् जो उमेरमा सानो भए पनि पाको लक्ष्यण कि छिन् ।

IMG_1465

कैलालीको गदरीयामा बसोबास गर्दै आएका उनका परिवार आमाको मृत्यु पश्चात् धनगढी आइपुगे । बुबा आशाराम चौधरीको राजमिस्त्री कामले परिवार धाँनिदै आयो । आशाारामको परिवार ठूलो थियोे । पहिलो श्रीमतिको निधनपछि सालीलाई श्रीमतिका रुपमा भित्र्याए । दुई छोरा र तीन छोरी हुर्काउन र पढाउन आशाारामलाई मुस्किल भयो ।

जेठो छोरालाई पढाउन नसक्ने भएपछि आशाारामलाई आत्मनिर्भर बनाउने सोच आयो । श्रीमतिको वियोगपछि पारिवारिक कष्ट झेल्दै आएका आशाारामले आफूले जस्तो दुःख छोराछोरीले नभोगुन भन्ने सोचाइ थियो । त्यही भएर छोराहरूलाई पढाउन नसकेपछि टेक्नीकल लाइनमा लगाए ।

जेठो छोरा ड्राइभर बन्न चाहन्थ्यो । ड्राइभिङ सिक्ने पैसा नपाएपछि उसलाई मोटरसाइकल मर्मत गर्न सिकाए । कान्छो छोराले पनि त्यही सिप सिके जसले गर्दा उनीहरू भविष्यमा आत्मनिर्भर बन्न सकून । हाल दुवै छोरा काठमाडौंमा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गरेर बसेका छन् । केही समय पहिलासम्म छोरी ज्योति पनि काठमाडौंमा पढ्थिन् । उनले दाजुहरूसंग मोटरसाइकल बनाउन समेत सिकन् । ज्योतिले भनिन् ‘मलाई मोटरसाइकल समेत बनाउन आउँछ’ ज्योतिले भनिन् ‘सामान्य मर्मत सबै आउँछ र इन्जिन समेत खोल्छु ।’ सपना त्यो होइन, जो निद्रामा देखिन्छ, सपना त्यो हो जो निदाउँन दिदैँन’ भारतीय वैज्ञानिक अब्दुल कलामले भने जस्तै ज्योति आफूलाई टेक्निसियनको रुपमा स्थापित गर्न अहोरात्र लागेकी छिन् । काठमाडौंमा रहँदा पढाई र कामलाईसंगै अगाडी बढाएकी ज्योति वैशाख १२ गते गएको विनाशकारी भूकम्प पश्चात धनगढी आइन् ।

उनी स्कुल यही भर्ना भइन । तर, आफू भित्रको उखरमाउलो इच्छालाई विश्राम दिन सकिनन्, बुबाले चलाउँदै आएका साइकल मर्मत पसलमा साइकल बनाउन थालिन् । ज्योतिलाई झट्ट हेर्दा कसैले पत्याउँदैनन् । तर, उनको आत्म विश्वासलाई कसैले नकार्न पनि सक्दैनन् । उनलाई यस पेशा अपनाउन दबाब कसैको छैन् । दाजु र बुबाको कामबाट प्रभावित भई आफै यसमा लागेको उनी बताउँछिन् ।

तर, सबै छोराछोरीलाई आत्म निर्भर बनाउन सके भविष्यमा दुःखबाट छुट्कारा पाउँथे भन्ने बुबा आशारामको इच्छा भने हो । त्यसै अनुरुप अर्काको घरमा गएपछि दुःखमा बस्नु नपरोस् भनेर उनी छोरीलाई आत्मनिर्भर मुलक सिप सिकाउँन थाले । ‘मेरो इच्छा अनुसार काम सिक्न थालेकी हुँ,’ शालिन स्वभावकी ज्योतिले भनिन् ‘पढाईसंगै भविष्यमा सफल मेकानिक बन्ने इच्छा छ ।’

हाल मोटरसाइकल, साइकल मर्मत् गर्न सिकेकी ज्योतिले भविष्यमा कार मेकानिक बन्ने सपना रहेको बताइन् । उनले भविष्यमा कार मेकानिक बन्नको लागि आफूहरूले मोटरसाइकल साइकल मर्मत गर्न थालेको समेत बताइन् ।

‘भविष्यमा कार मेकानिक बन्ने सपना छ’ ज्योतिले भविष्यको फेहरिस्त बताउँदै भनिन् ‘त्यसैले म आजैदेखि मेहनत गर्न थालेकी हुँ ।’ उनी विद्यालयको छुट्टी पश्चात् होमवर्क सकेर साइकल मर्मतमा जुट्छन् । उनको यो कार्यको लागि बुबा आशारामले पुरै सहयोग गरेका छन् । ज्योति साइकल बनाउँदा छेउमै बस्छन् । छोरीलाई चाहिएको सहयोग सजिलै जुटाइदिन्छ्न् । छोरा छोरीलाई दिनको लागि सम्पत्ति नभएकाले उनीहरुलाई ज्ञान सिप दिएर पठाउने इच्छा भएको आशाराम बताउँछन् ।

‘बच्चालाई धेरै पढाउन सकिदैन, विवाहपछि कस्तो श्रीमान पाउने हो, आजैदेखि हातमा सिप भयो भने पछि जस्तो भए पनि आफुलाई पाल्न सक्छे’ उनी भन्छन् ‘त्यसैले छोरीलाई आफै कमाएर खान सक्ने बनाउन चाहान्छु ।’ हाल घनगढी ७ मनेहरा स्थित कमैया शिविरमा १० धुर जमिनमा उनको घरबास छ । त्यही घरमा उनले साइकल मर्मत पसल चलाएका छन् । विरामी श्रीमति बचाउन गाउँमा रहेको ४ कट्टा जमिन विक्री गरेर भूमिहिन बनेका उनले श्रीमतिको मृत्यु पश्चात गाउँ नै छोडेका थिए ।

jo-2

आर्थिक अबस्था कमजोर भएका कारण भोग्नु परेको समस्याबाट टाढा हुन नसकेका आशारामले आत्मनिर्भर हुनको लागि प्राविधिक शिक्षा र सिप अनिवार्य जस्तै भएको बताउँछन् । हातमा सिप भए गुजरा चलाउन कसैलाई गुहार्नु नपर्ने भएकाले सन्ततिलाई सिप मुलक तालिम दिई भोलीको लागि दक्ष बनाउनु अभिभावकको दायित्व भएको उनको बुझाई छ । ‘छोराछारीलाई सिप सिकायो भने कम्तिमा भोको त बस्न पर्दैन भनेर सबै छोराछोरीलाई सिप सिकाउन थालेको हुँ’ आशाारामले विगतमा आफूले भोगेको दुःख सम्झेर आँखामा टिलपिल आँसु देखाउँदै भने ‘दुई छोराहरू मेकानिक भइसके, अब छोरीहरूलाई सिकाउँदैछु ।’

आर्थिक समस्याले छोरीको सपना पुरा गर्न बाधा हुन थालेको भन्दै उनले सहयोगको लागि सबैमा आग्रह गरे । विपन्न तथा पिछडिएको जाति वर्गका लागि सरकारले विभन्न संघसंस्था मार्फत सिपमुलक तालिम वितरण गरेपनि पहुँच नभएकै कारण आफूले कुनै अवसर पाउन नसकेको उनको गुनासो छ । ‘छोरीको लागि कुनै अवसर भए खोजी दिनु प-यो हुजर !’ आशााराम आग्रह गरे ‘उसको मेकानिक बन्ने इच्छा छ, मैले पढाउन र सिकाउन सकेको छैन ।’

सामान्य परिस्थितमा रहेका आशाारामको छोराछोरीप्रतिको सोच अब्बल समाजका अगुवा भन्दा कम छैन् । सन्तानलाई आत्मनिर्भरमुखी सिप सिकाएर अभिभावकत्व पुरा गर्ने उनको सोच प्रशंसायोग्य छ ।

प्रकाशित मिति २०७२ कात्तिक १६ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: