जलवायु परिवर्तन सम्बन्धि भिडियोमा सरस्वतीलाई अन्तर्राष्ट्रिय जुरी अर्वाड
उपाध्यायले ६६ देशका १३३ जना प्रतिष्पर्धीमध्ये उत्कृष्ट भएर अन्तर्राष्ट्रिय जुरी अर्वाड प्राप्त गर्नु भएको हो ।
जलवायु परिवर्तन सम्बन्धि युथ भिडियो कम्पिटिशनको इन्टरनेटबाट सूचना प्राप्त गरेपछि सहभागिता जनाएकी उपाध्यायले तयार गरेको छोटो चलचित्रले उक्त अवार्ड पाउन सफल भएको हो ।
उहाँले तयार गरेको भिडियोमा जलवायु परिवर्तनलाई कम गर्न अपनाउन सकिने उपायलाई समावेश गरिएको छ । उपाध्यायले तयार पारेको ३ मिनेट लामो भिडियोमा प्लाष्टिकको झोला सट्टा कपडाको झोला प्रयोग गरेको, नीजि गाडीलाई कम प्रयोग गरेर सार्वजनिक सवारी साधनको प्रयोग गरेको, बाइकको सट्टा साइकल प्रयोग गरेकोलगायतका दृश्य समावेश छन् ।
‘प्रतिष्पर्धामा उत्कृष्टनै हुन्छु भन्ने त सोचेकी थिइन, सहभागिता जनाउनु पनि उपलब्धि नै हो भनेर काम गरेकी थिएँ । पछि भिडियो उत्कृष्ट भएको इमेल आयो, त्यसपछि निकै खुशी भएँ ’ उपाध्यायले भन्नुभयो ।
भिडियो उत्कृष्ट भएपछि उपाध्यायले फ्रान्सको पेरिसमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालको तर्फबाट सहभागिता समेत जनाउँदै छिन् । पेरिसमा नोभेम्बर २८ देखि डिसेम्बर १२ सम्म हुने उक्त सम्मेलनमा उनले भिडियोको बारेमा र नेपालको जलवायु परिवर्तनको प्रभावका बारेमा बोल्ने छिन् ।
प्रकाशित मिति :२०७२ कात्तिक १६ गते साेमवार
Comment Here!