महिला खबर
ललितपुर, कात्तिक १६। मन्त्रीमण्डल विस्तारका सम्बन्धमा छलफल गर्न आज अपरान्ह ४ बजे सत्तारुढ नेकपा एमालेको स्थायी समिति बैठक बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा मन्त्रीमण्डल विस्तार र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो।
आफ्नो भागमा परेका १० वटा मन्त्रालयका लागि एमालेले ३ जनालाई सरकारमा पठाइसकोको छ। समावेशी सिद्धान्तका आधारमा सरकारमा पठाउनेहरू छान्नुपर्ने दवाव पार्टीभित्र छ। १० मध्ये मन्त्री र राज्यमन्त्री गरि ४ जना महिलाको नाम चर्चामा छ। श्रीमाया थकालीको नाम यसअघि नै चर्चामा थियो।
यसैगरि मन्त्रीको सूचिमा शान्ता मानवीको नाम पनि थपिएको अनेमसंघ प्रचार विभाग प्रमुख शान्ति अधिकारीले जानकारी दिनुभयो। यसैगरि मञ्जु चौधरी र शीवमाया गोतामेको नाम राज्यमन्त्रीका लागि चर्चामा छ।
प्रकाशित मितिः २०७२ कात्तिक १६ गते साेमवार
Comment Here!