महिला खबर
एजेन्सी , कात्तिक १७। बलात्कृत पुरुषलाई सहयोग गर्न स्वीडेनमा संसारमै पहिलो पटक सहयोगी संरचना स्थापना गरिएको छ । स्वीडेनको स्टकहोल्म शहरको सबैभन्दा ठूलो अस्पताल सोडर्सजुखुसेटमा उनीहरूको उपचारका लागि आकस्मिक उपचार केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्रले बलात्कारबाट पीडित पुरुषको स्वास्थ्य उपचारदेखि मनोसामाजिक विमर्शलगायतका काम गर्नेछ ।
स्वीडेन यूरोपको सबैभन्दा बढी बलात्कार हुने देशमा पर्दछ र त्यहाँ यौनशोषण तथा बलात्कार पीडित महिलाका लागि २४ सै घण्टा काम गर्ने अस्पतालहरू सञ्चालनमा रहेका छन् । यी अस्पतालले बार्षिक ६ देखी ७ सय पीडितलाई सेवा दिँदै आएका छन् ।
स्वीडेन नेशनल काउन्सिल फर क्राइम प्रिभेन्सनको तथ्याङ्क अनुसार सन् २०१४ मा ३७० वटा घटना पुरुषमाथि भएका यौनशोषणका थिए ।
चौविसै घण्टा खुला रहने उक्त आकस्मिक मेडिकल सेन्टरले बलात्कार पीडित पुरुषहरूलाई निःशुल्क सेवा प्रदान गर्ने छ । संसार मै अहिलेसम्म बलात्कार पीडित पुरुषका लागि कुनै प्रकारको विशेष व्यवस्था गरिएको यो पहिलो भएको दावी गरिएको छ ।
प्रकाशित मितिः २०७२ कात्तिक १७ गते मङ्गलवार
Comment Here!