महिला खबर
काठमाडौं, कात्तिक १७ । राष्ट्रपति विद्या भण्डारीले संविधानको संरक्षणमा भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
युवा सङ्घ नेपाल सङ्घका पूर्व इन्चार्च तथा पदाधिकारीसहितको प्रतिनिधि मण्डलले सोमवार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा भेट गरी शुभकामना दिने क्रममा राष्ट्रपति भण्डारीले आफूले संविधान अन्र्तगत रहेर काम भुमिका निभाउने र संविधानको संरक्षण गर्ने बताउनुभएको हो ।
भेटघाटका क्रममा राष्ट्रपति भण्डारीले संविधानबाट प्रदत्त राष्ट्रपति पदको गरिमालाई कायम गर्दै संविधानको संरक्षणमा भूमिका निर्वाह गरी देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।
शुभकामना तथा बधाइ दिन नेकपा (एमाले)का पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, पार्टीका केन्द्रीय सदस्य शेरधन राई, सङ्घका अध्यक्ष राजिव पहारी तथा पूर्वअध्यक्ष निरु पालसहितको प्रतिनिधि मण्डल शीतलनिवास पुगेको हो ।
प्रकाशित मिति २०७२ कात्तिक १७ गते मंगलवार
Comment Here!