महिला खबर
काठमाडौं, कात्तिक १८। सामान्य प्रशासन मन्त्री रेखा शर्माले मधेसको समस्या निकास वार्ता र सवांदमार्फत दिनुपर्ने बताउनुभएको छ।
अनलाइन पत्रकार सङ्घको ज्ञापन पत्र मङ्लवार बुझ्दै मन्त्री शर्माले वीरगन्ज घटनालाई लिएर मधेसी मोर्चाले वार्ता भङ्ग गर्न खोजेको भन्दै वार्ता र संवादबाटै मुलुकलाई निकास दिनुपर्ने बताउनु भएको हो। ।
वार्ता टोलीको सदस्यसमेत रहनुभएकी मन्त्री शर्माले नाकाबाट आन्दोलनकारी हटाएर आन्दोलनको स्वरुप परिवर्तन गरे वार्ता सफल हुने र मुलुकले निकास पाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले राजनीतिक सहमति गरेर संवैधानिक प्रक्रियाबाट समस्याको समाधान गर्ने सहमति भएको जानकारी दिँदै सहमतिको लागि सरकार लचिलो भएर अगाडि बढ्नेसमेत बताउनुभयो। भारत सरकारले लगाएको अघोषित नाकाबन्दी र तराईमा भएको आन्दोलनको तत्काल समाधान गर्न माग गर्दै सामान्य प्रशासन मन्त्री रेखा शर्मालाई सङ्घले ज्ञापनपत्र बुझाएको हो।
प्रकाशित मितिः २०७२ कात्तिक १८ गते बुधवार
Comment Here!