तपाइको सुरक्षामा चिन्तित छौं : किरण बज्राचार्य


प्रकाशित मिति :2015-11-04 14:02:06

महिला खबर

p
भक्तपुर,कात्तिक १८ ।  महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण बज्राचार्यले नजिकिँदै गरेका चाडवाडलाई ध्यानमा राखेर परिसरले बनाएका विशेष सुरक्षा योजना सार्वजनिक गर्नुभएको छ । मङ्गलवार केही पत्रकारहरू माझ उहाँले भक्तपुरमा नागरिकको सुरक्षाका लागि  प्रहरी साथमा छ भनेर जनचेतना जगाउन आजैदेखि घरदैलो कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो । यसैगरि तिहार, छटजस्ता चाडमा जथाभावी पटका नपड्काउन र सार्वजनिक ठाउँमा मदिरा सेवन र जुवातास नखेल्न उहाँले नागरिकलाई अनुरोध गर्ने र यसको नियन्त्रणका लागि प्रहरी खटाइने बताउनुभयो । थुप्रै भूकम्प पीडितहरू पालमा बसिरहेकाले पटका पड्काउनु सुरक्षाका हिसावले पनि संवेदनशील रहेको उहाँको भनाइ थियो । छट पर्वमा भक्तालुको सुरक्षाका लागि  मन्दिर, पोखरी र नदि किनार वरिपरी ६ सय भन्दा बढी प्रहरी खटाइने र तिहारका बेला आर्थिक कारोवार बढ्ने भएकाले वैकं तथा वित्तिय संस्थामा पनि सादा पोशाकका प्रहरी खटाउने उहाँले बताउनुभयो ।

pi
एकमहिना अघि परिसर प्रमुख भएर आएकी बज्राचार्यले जिल्लाको सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै संवेदनशील मानिएका २२ वटा ठाउँमा सीसी क्यामेरा राखिएको बताउनुभयो । भूकम्पले भत्किएका घरमा अपराधीहरूले अखडा बनाउन सक्ने भन्दै त्यस्ता ठाउँहरूमा सादा पोशाकका प्रहरीले निरन्तर निगरानी गरिरहेका उहाँले बताउनुभयो । उहाँका अनुसार नाकाहरूमा चोर र अपराधीहरूको चलखेललाई न्यूनिकरण गर्नपनि प्रहरी खटाइएको छ ।

प्रकाशित मिति २०७२ कात्तिक १८ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: