राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा खतिवडा


प्रकाशित मिति :2015-11-04 14:59:09

महिला खबर

VC NMCकाठमाडौं, कात्तिक १८ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सामान्य प्रशासन मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

डा खतिवडाले यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्नर पदसमेत सम्हालिसक्नु भएको छ ।

बैठकले मङ्गलबार रसुवाको राम्चेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनामा परी करिब ३६ जनाको मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए ।

उहाँका अनुसार बैठकले घाइते भएकाहरूको उपचारको उचित प्रबन्ध मिलाउन सम्बिन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।
त्यसैगरी तराईमा जारी आन्दोलनमा परी मृत्यु भएका प्रहरी सहायक निरीक्षक थमन विक, प्रहरी हवल्दार देवबहादुर पाण्डे र सशस्त्र प्रहरी हवल्दार काशीराज कामीका परिवारलाई जनही र १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

प्रकाशित मिति :२०७२ कात्तिक १८ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: