अमेरिकी राजदूत र सभामुख घर्तीबीच भेटघाट


प्रकाशित मिति :2015-11-04 15:15:08

महिला खबर
Speaker and US Ambassdor

काठमाडाैं, कात्तिक १८ । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आज सभामुख ओनसरी घर्तीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज उहाँहरूबीच भएको भेटवार्तामा सभामुख घर्तीले संविधानको कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण, पुराना कानुन संशोधन गर्ने र पारित गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । यसकार्यमा विपक्षी दलले समेत सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सभामुख घर्तीले भूकम्पपछिको स्थितिमा पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेको र छिट्टै पारित हुने विश्वास दिलाउनुभयो । देशमा अहिले भइरहेका समस्या समाधान गर्न सरकार र राजनीतिक दलहरू आफ्नो ठाउँमा सक्रिय रहेको जानकारी दिँदै सभामुखले समस्या छिट्टै समाधान हुने विश्वास दिलाउनुभएको समभामुखका नजी सचिव सुरजकुमार दुराले जानकारी दिनुभयो ।

सो अवसरमा राजदूत टेपलेट्जले सभामुख घर्तीलाई सभामुख पदमा निर्वाचित हुनुभएकोमा बधाई र शुभकामना दिनुभएको थियाे । राजदूत टेपलेट्जले संविधान कार्यान्वयनका लागि व्यवस्थापिका–संसद्लाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको पनि बताउनुभएको थियो।

उहाँले आगामी हप्ता अमेरिकी काँग्रेसका २५ सदस्य नेपाल भ्रमणमा आउन लागेको जानकारीसमेत गराउनुभयो ।

भेटका अवसरमा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव मुकुन्द शर्मा र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत बाबुराम सिग्देलको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः २०७२ कात्तिक १८ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: