भारतीय नाकाबन्दीको असर निर्माण क्षेत्रमा


महिला मजदुरलाई गुजारा चलाउन गाह्रो

प्रकाशित मिति :2015-11-04 16:14:55

रमला सिंगक

सुनसरी, कात्तिक १८ । धरान उपमहानगरपालिका बाँझोगरास्थित सुकुम्वासीमा बसोवास गर्ने मनमाया लिम्बूलाई बिहान बेलुकी छोराछोरीका लागि कसरी खानाको जोहो गर्ने भन्ने पिरले निन्द्रा लाग्दैन ।

उनी बिहान ५ बजे उठेदेखि नै घरघरमा कामको खोजी गर्दै सबैको ढोका ढक्ढकाउन बाध्य भएकि छिन् । कनै घरमा लुगा धुन्छिन्, कुनै घरमा भाँडा माझ्ने र कुनै घरमा सरसफाई गरेर आएको पैसाले बिहान बेलुकीका खानाको जोहो गर्छिन् ।  दुई महिना अघिसम्म उनले कामका लागि अरूको घर ढकढकाउनु परेको थिएन । तर, भारतले गरेको नाकाबन्दीका कारण उनले पहिले गरेको कामको छोड्नु पर्यो ।

उनले पहिले निर्माण मजदुरका रुपमा काम गर्थिन् । नाकाबन्दीपछि भारतीय बजारबाट आयात गरिने सामाग्रीको अभावसँगै निर्माण व्यावसायिहरूले आफ्ना साइटहरु बन्द गर्न बाध्य भएपछि महिला मजदुरहरू पनि त्यसको मारमा परेका छन् । भारतीय नाकाबन्दीको असर निर्माण व्यावसायमा आश्रीत महिला मजदुरहरूलाई धेरै परेको छ ।

लिम्बूको दुई वर्षीय नावालक छोरा र दुई छोरी छन् । उनको श्रीमान छोरा जन्मिएको केही महिनादेखि बेखबर छन् । श्रीमानले घर छोडेदेखि नै मनमायाले काखे नानीलाई लिएर निर्माण मजदुरको रुपमा काम गर्दैै जीवन चलाउँदै आएकी थिइन् ।

घरको अवस्था देखेर ठेकेदारहरूले उनलाई दैनिक साढे तीन सयदेखि चारसय रुपैयाँसम्मको ज्याला दिई इटा बोक्ने बालुवा छान्ने र मसला बनाउने कामको जिम्मेवारी दिन्थे । त्यसैले उनलाई घरघरमा काम खोज्नु परेको थिएन । निर्माण मजदुरीबाट सामान्य घर चलिरहेको थियो । उनले भनिन्, ‘तर डेढदुई महिना यतादेखि निर्माण सामाग्रीको अभावमा काम ठप्प भएपछि रोजगार विहीन भएकी छु । दिनदिनैको घर खर्च चलाउनका लागि अरूको घरघरमा काम खोज्दै छु ।’

brick 2

उनी जस्तै धरान ११ स्थित सगरमाथा सुकुम्वासी वस्तिकी ४५ वर्षीय सानुमैया विक पनि एक महिनादेखि काम विहीन भएकी छिन् । घर निर्माण मजदुरी गर्दा उनी दैनिक चारसय रुपैयाँसम्म कमाई गरी सोहीबाट आएको पैसाले छोराछोरीको पढाई खर्च पु-याउने गर्छिन् । उनले भनिन्, ‘काम गर्न नपाएको एक महिना भयो । पैसाको अनुहार हेर्न नपाएको पनि त्यतिनै दिन भयो, यस्तै हुने हो भने साँझ बिहान हातमुख जोर्नै गाह्रो हुने भो । अरू काम गरौं भने पढेलेखेको छैन, गर्न जानेको र सकेको भनेकै मजदुरी हो त्यो पनि कहिलेसम्म बन्द हुने हो ।’

यस्तै धरानमै डेरा गरी बस्ने निर्मला कार्की पनि कामको खोजीमा हिडेकी छिन् । उनले मजदुरी गरिरहेको घरको भवन निर्माणका लागि आवश्यक पर्ने सामग्री अभाव भएपछि दसैँ अघिदेखि नै काम छैन । भवन निर्माण फाट्टफुट्ट भएपनि त्यसमा काम पाउन गाह्रो भएको कार्कीले बताईन ।

लिम्बू, विक र कार्की जस्तै धरान उपमहानगरपालीका भित्र मात्रै निर्माण क्षेत्रमा काम गरेर जिविका चलापउने महिला मजदुरहरूको संख्या पााच सय बढी रहेको निर्माण व्यावसायी सिएम मगरले बताए । उनका अनुसार भुईचालो पछि धरानमा निर्माणको कार्य न्यून रहेको छ । भुईचालो अघि ९५ प्रतिशत घर निर्माण हुन्थे । अहिल ५ प्रतिशत मात्र काम भईरहेको छ । त्यसमाथि भारतीय नाकाबन्दीले त निमार्ण व्यावसाय ठप्प जस्तै भएको उनले बताए ।

उनले भने, ‘निर्माण व्याबसाय ठप्प हुँदा महिला मजदुर बढि प्रभावित भएका छन् । भुईचालो पछि नेपाल सरकारले नयाँ घर बनाउन रोक्यो । त्यसमाथि मधेश आन्दोलन र नाकाबन्दीले निर्माणका काम ठप्प नै छ । यसले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने महिलाको लामो समयदेखि रोजीरोटी नै खोसिएको छ ।’

mahila majdur

घर तथा भवन निर्माण कार्यमा काम गर्ने महिलाको संख्या दिनानु दिन वृद्धि भईरहेको अर्का निर्माण व्यावसायी वालकृष्ण लिम्बूले बताए । उनले भने, ‘छोराछोरीको लालनपालनका लागि काम गर्ने महिला धेरै छन्, लगातारको बन्द र नाकाबन्दीले निर्माण सामग्री नआउँदा उनीहरूको चुलोसम्म प्रभाबित भएको छ । कसैले भाडा तिर्न सकेका छैनन् कसैले खानेकुराको जोहो गर्न विभिन्न कष्ट बेर्होनु परेको छ ।’

उनका अनुसार धरान, इटहरी, विराटनगर, दमक, विर्तामोड, जस्ता शहरीकरण भइरहेका क्षेत्रमा निर्माण व्याबसाय ठप्प भएसँगै त्यसैबाट जिविका चलाउने महिला मजदुरहरूको घरको हालत नाजुक हुन पुगेको छ ।

उनका अनुसार पुर्वका विभिन्न प्रमुख शहरमा मात्र करिव ६ हजार देखि ८ हजार महिला निर्माण क्षेत्रमा छन् । निर्माण व्याबसाय चौपट भएकाले ती मजदुरहरूलाई कुनै विकल्प पनि दिन नसकिएको निर्माण व्याबसायी लिम्बुले बताए । मुस्किलले एकहजार महिला मजदुरहरूले मात्र नियमित काम पाएको उनले बताए ।

प्रकाशित मिति २०७२ कात्तिक १८ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: