नागरिकले असुरक्षा महसुस गर्नुपर्ने स्थितीको अन्त्य हुनेछ : गृहमन्त्री
महिला खबर
ललितपुर, कात्तिक १८ । गृहमन्त्री शक्ति बस्नेतले कुनैपनि नागरिकले घर र समाजमा असुरक्षित महशुस गर्नुपर्ने स्थितीको अन्त्य गर्ने वचन दिनुभएको छ । सञ्चारिका समूहद्वारा उत्पादित टेलिभिजन कार्यक्रम समकोणमा बोल्दै मन्त्री बस्नेतले उक्त प्रतिवद्धता जनाउनुभएको हो ।
हिंसापीडित महिलाको जिउधनको सुरक्षाका बारेमा आफू मातहतका सवै निकायसँग छलफल गरेर आवश्यक निर्देशन दिने पनि उहाँले बताउनुभयो । कार्यक्रममा थुप्रै हिंसापीडित महिलालले आफूहरू आफ्नो परिवार र श्रीमानबाट असुरक्षित रहेको भन्दै न्यायका लागि याचना गरेका छन् । कार्यक्रम समकोणको यो भाग आउने शुक्रवार राती ९ बजेदेखि १० वजेसम्म कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ ।
प्रकाशित मिति : २०७२ कात्तिक १८ गते वुधवार
Comment Here!