महिला खबर
ललितपुर, कात्तिक १९ । राष्ट्रपति विद्या भण्डारीले भर्खरै जारी संविधान कार्यान्वयनका लागि सहयोग गर्न सवैलाई आव्हान गर्नुभएको छ । नवनियुक्त राष्ट्रपतिलाई बधाइ तथा शुभकामना दिन शीतलनिवास पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग उहाँले संविधान कार्यान्वयनमा सवै पक्षको सहयोगको आवश्यकता रहेको बताउनुभएको हो ।
उहाँले देशले भोगिरहको वर्तमान समस्याका बारेमा जानकार रहेको भन्दै हाम्रो परनिर्भरताका कारण अहिले देशले इन्धनको चरम अभाव खेपिरहनु परेको स्पष्ट पार्नुभयो ।
यी समस्या समाधानका लागि दिर्घकालीन योजना बनाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो ‘तत्काल जनताको घरमा चुलो बाल्न वैकल्पिक उपाय अपनाएर छिटो समस्या समाधानका लागि प्रधानमन्त्रीसँग सल्लाह गरेकी छु ।’
बधाइ तथा शुभकामना दिने क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले देशले भोगिरहेको समस्या र तराई आन्दोलनका वारेमा राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।
उहाँले तराइ समस्याको समाधान वार्ताबाटै हुनुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: २०७२ कात्तिक १९ गते विहिवार
Comment Here!