आज मन्त्रिपरिषद विस्तार हुँदै


सरकारमा नजाने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अडान कायमै

प्रकाशित मिति :2015-11-05 15:42:54

महिला खबर

ललितपुर, कात्तिक १९। सत्तारुढ पार्टी नेकपा (एमाले) लेको शिर्ष नेतृत्वले सरकारमा जान अनुरोध गरेपनि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री नहुने आफ्नो अडान छाड्नु भएको छैन। महिला खबर डट कमसँग कुरा गर्दै उहाँले सरकारमा नजाने आफ्नो पुरानो अडान नफेरिएको बताउनुभयो।

आफू यसअघि पनि सरकारमा गइसकेकाले पुराना र संघर्ष गरेर आएका महिलालाई सरकारमा जाने मौका दिनुपर्नेमा उहाँले जोड दिनुभयो। श्रीमाया थकाली, जयन्ती राईहरुलाई सरकारमा पठाउनुपर्ने उहाँको सुझाव छ। ‘मैले प्रधानमन्त्री केपी ओली, माधव कुमार नेपाललाई स्पष्ट रुपमा आफू सरकारमा नजाने भनेर भनिसकेकी छु’ उहाँले भन्नुभयो।

म संसदमा बसेर भुमिका निभाउँछु, सरकारमा जान पाइन भनेर मेरो कुनै गुनासो छैन त्यसैले मापदण्ड अनुसार मन्त्रीपरिषद विस्तार गर्न आफूले प्रधानमन्त्रीलाई भनेको उहाँले बताउनुभयो। एमालेमा भीम रावल, विष्णु पौडेल, आनन्द पोख्रेल, शेरधन राईलगायतलाई सरकारमा पठाउने भएको छ।  यसैगरी महिलामा शान्ता मानवी श्रम मन्त्रीमा पठाइएकाे छ ।

यसैगरि राप्रपा नेपालले भुमि सुधार राज्यमन्त्रीमा कुन्ति कुमारी शाहीलाई पठाउने निर्णय गरेको छ। सरकारमा जानेको टुङ्गो लागेपछि आजै मन्त्रीहरूलाई शपथ ग्रहण गराउने बताइएको छ।

प्रकाशित मितिः २०७२ कात्तिक १९ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: