आज मन्त्रिपरिषद विस्तार हुँदै


सरकारमा नजाने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अडान कायमै

प्रकाशित मिति :2015-11-05 15:46:45

महिला खबर

ललितपुर, कात्तिक १९।  पार्टीकाे शिर्ष नेतृत्वले सरकारमा जान  बारम्बार अनुरोध गरेपनि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री नहुने आफ्नो अडान छाड्नु भएको छैन। महिला खबर डट कमसँग कुरा गर्दै उहाँले सरकारमा नजाने आफ्नो पुरानो अडान नफेरिएको बताउनुभयो।

आफू यसअघि पनि सरकारमा गइसकेकाले पुराना र संघर्ष गरेर आएका महिलालाई सरकारमा जाने मौका दिनुपर्नेमा उहाँले जोड दिनुभयो। श्रीमाया थकाली, जयन्ती राईहरुलाई सरकारमा पठाउनुपर्ने उहाँको सुझाव छ। ‘मैले प्रधानमन्त्री केपी ओली, माधव कुमार नेपाललाई स्पष्ट रुपमा आफू सरकारमा नजाने भनेर भनिसकेकी छु’ उहाँले भन्नुभयो।

म संसदमा बसेर भुमिका निभाउँछु, सरकारमा जान पाइन भनेर मेरो कुनै गुनासो छैन त्यसैले मापदण्ड अनुसार मन्त्रीपरिषद विस्तार गर्न आफूले प्रधानमन्त्रीलाई भनेको उहाँले बताउनुभयो। एमालेमा भीम रावल, विष्णु पौडेल, आनन्द पोख्रेल, शेरधन राईलगायतलाई सरकारमा पठाउने भएको छ।

यसैगरि राप्रपा नेपालले भुमि सुधार राज्यमन्त्रीमा कुन्ति कुमारी शाहीलाई पठाउने निर्णय गरेको छ। सरकारमा जानेको टुङ्गो लागेपछि आजै मन्त्रीहरूलाई शपथ ग्रहण गराउने बताइएको छ।

प्रकाशित मितिः २०७२ कात्तिक १९ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: