मेराे प्रधानमन्त्री बन्ने सपना


प्रकाशित मिति :2015-11-05 16:23:56

महिला राष्ट्रपति र सभामुख पाएको नेपालले अब छिट्टै महिला प्रधानमन्त्री पाउँछ भन्ने कुराको आशा जगाउने टेलिफिल्म ‘सिंहदरबार’ ।

मीना शर्मा

1510845_807477429290680_7641988660392013762_n‘म आशा सिंह मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्यनिष्ठा पूर्वक प्रतिज्ञा गर्छु इश्वरको नाममा शपथ लिन्छु की म नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रही मुलुक जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराव भावना नलिई इमान्दारीका साथ गर्ने छु ।’

माथि प्रस्तुत भएको यो अंश नेपालका प्रथम महिला प्रधानमन्त्री आशा सिंहले प्रधानमन्त्रीमा विजयी भए पछि लिएको  शपथको सानो अंश हो ।

अहिले राष्ट्रपति र सभामुखको पदमा वास्तवमै महिला पुगेको देखेपनि प्रधानमन्त्री कार्यकारी भएको कुरा हामीले टेलिफिल्म मार्फत् देख्न पाउने भएका छौँ । भनिन्छ नि सपना देख्नेको मात्र पुरा हुन्छ । हो, नेपाली जनताले कार्यकारी पदमा महिला पु-याउन देखेको सपना अब पुरा हुने क्रममा छ । आज टेलिफिल्म मार्फत् महिला प्रधानमन्त्री भएको देखे पनि अबको केही समयमा हामीले वास्तविक रुपमा महिला प्रधानमन्त्री बनाउन सक्नेछौ भन्ने विश्वास पनि थपिएको छ ।

आज महिला जुन स्थानमा छन् हिजो यस्तो थिएन । संस्कार र संस्कृतिको नाममा महिलालाई पीडा दिने हाम्रो समाज विस्तारै परिवर्तन हुन थालेको छ । हाम्रा हजुर आमाहरूले समाजमा महिला स्वतन्त्र भएर हिड्न पाउने सपना देखेकाले नै आजको हाम्रो पुस्ता खुलेर बोल्न सक्ने अवस्थामा पुगेको छ । त्यसैले हरेक निर्णायक पदमा महिला पुगेको देख्ने हाम्रो सपना पनि हजुर आमाको सपना जस्तै पुरा हुनेछ ।

हिजो घर—परिवारमा सिमित रहेका महिला आज घरबाहिर आएर निर्धक्कसंग बोल्न सक्ने भएका छन् । आफ्ना अधिकारका कुरागर्दै अन्याय गर्नेलाई खवरदारी गर्न सक्नुनै महिलामा आएको चेनताको स्तर र नेतृत्वका लागि मेरुदण्ड मान्न सकिन्छ । यही आत्मविश्वास र सफलताले नै महिलालाई कार्यकारी पदमा पु-याउनको लागि इट्टा थप्ने काम गरि रहेको छ । जनसंख्याको आधा हिस्सा ओगटेका महिलालले आज गाँउको सत्ता आफ्नो हातमा लिएका छन् । आमा समूह, विभिन्न बचत समूहमा आवद्ध भएका महिलाले घरमात्र चलाएका छैनन् समाज र विकासमा समेत त्यत्तिकै साझेदारी गर्दै आएका छन् ।

Final -19

महिलाको यही सक्षमता र जागरूकताले अबको स्थानीय निकायको निर्वाचनपछि महिलाले स्थानीय निकाय राम्रोसँग सञ्चालन गर्न सक्दछन् भन्ने कुरालाई पुष्टि गर्दछ । स्थानीय निकायमा महिलाको नेतृत्व बढेसंगै प्रदेश सभा, प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभामा पुग्नको लागि यो कोशेढुङ्गा सावित हुनेछ । जसले घर राम्रोसंग चलाउन सक्दछ त्यसले देश पनि राम्रोसंग चलाउँछ, हो घर सञ्चालन गर्दै स्थानीय निकायमा पुगेका महिला अब सत्ताको बागडोर सञ्चालन गर्न पनि सक्षम हुनेछन् । अबको नेतृत्व घर राम्रोसंग चलाएका तिनै महिलाले सञ्चालन गर्नेछन् । वर्षैदेखि पुरुषले एकछत्र राज गरेको सत्ता महिलाका हातमा आउनु सहज नभए पनि पटक—पटक विभिन्न राजनीतिक आन्दोलनमा महिलाले खेलेको सक्रिय भूमिकाका कारण अबको सत्ता पनि महिलाका हातमा आउन सक्ने कुरामा विश्वास गर्न सकिन्छ ।

नाटक, फिल्म र टेलिफिल्मले समाजमा भएका र भविष्यमा हुन सक्ने परिवेशलाई चित्रण गर्दछ ।  यो सिंहदरबार टेलिफिल्मले पनि अब नेपालमा हुने महिला प्रधानमन्त्री, सामाजिक चरित्र, सत्तारुढ दल र प्रतिपक्षको भूमिकालाई समेत सुष्म रुपमा बुझ्न सहयोग गर्ने छ । सुशासन कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने कुरामात्र होईन लोकतान्त्रिक प्रकृयामा सहकार्य गरी अगाडि बढ्न सके जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ भन्ने टेलिफिल्मको अर्को महत्वपूर्ण सन्देश हो । सन्देशले चेतना दिन्छ र त्यही चेतनाले महिलालई आफ्नो अधिकार खोज्न सहयोग गर्ने छ । अनि त्यही चेतनाले नेपालमा पहिलो महिला प्रधानमन्त्री बनाउने हाम्रो वर्षैदेखिको सपनालाई पूरा गर्न मद्धत गर्ने छ । महिला आन्दोलन, राजनीतिक आन्दोलन, अन्तराष्ट्रिय प्रयास, महिलामा आएको चेनता, समाज र सत्ता परिवर्तनका लागि महिलाले खेलेको भूमिकाले पनि अबको प्रधानमन्त्री महिला बन्ने निश्चित छ ।

नेतृत्वमा पुगेर मात्र हुँदैन त्यहाँ पुगेपछि सुशासन, नेतृत्व र उत्तरदायित्वलाई मुख्य प्राथमिकतामा राख्नु पर्दछ । कार्यकारी पदमा पुगेपछि हुने दुःख र उसले भोग्नुपर्ने चुनौती पनि कम छैनन् । अनि आलोचनाको पहाड पनि उत्तिकै हुन्छ । त्यसैले नेतृत्वमा यी सबैलाई सामना गर्नु पर्ने सार्मथ्य पनि चाहिन्छ भन्ने कुराको बलियो सन्देश पनि ‘सिंहदरबार’को बलियो पक्ष हो ।

युएसएआइडीको सहयोगमा सर्चफर कमन ग्राउण्डले तयार पारेको टेलिफिल्मको निर्देशक छिरिङ रितार शेर्पा छन् । नौ महिना लगाएर पूरा गरिएको १३ अंकको यो टेलिफिल्ममा २ सय ५० कलाकार छन् । कात्तिक २९ गतेदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुने यो टेलिफिल्मले महिलालाई नेतृत्वमा पु-याउन देखेको सपना चाडो पूरा होस् यही छ शुभकामना । टेलिफिल्म सिंहदरबारमा कलाकार गौरी मल्लले निडर प्रधानमन्त्री भएर निभाएको भूमिका साँच्चिकै नेपाली महिलाका लागि प्रेरणा प्रदान गर्न लायक छ । त्यो महत्वपूर्ण भूमिका हेर्ने सबै जनालाई सक्षम महिला नेता बन्ने उर्जा थपिदिओस् । यसले मलाई पनि प्रधानमन्त्री बन्ने सपना देखायाे ।

प्रकाशित मिति २०७२ कात्तिक १९ गते बिहीवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: