मन्त्रिपरिषद विस्तार : २८ सदस्यीय मन्त्रिमण्डलमा २ जना महिला


प्रकाशित मिति :2015-11-05 17:24:12

महिला खबर
ललितपुर, कात्तिक १९। प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद विस्तार गनुभएको छ। ६ जना उपप्रधामन्त्रीसहित २८ सदस्यीय मन्त्रीपरिषदमा २ जनामात्रै महिला परेका छन्।

आज विस्तारित मन्त्रपिरिषदमा एमालेका तर्फवाट शान्ता मानवीलाई विना बिभागीय मन्त्री बनाइएको छ। यसअघि एनेकपा माओवादीबाट सामान्य प्रशासन मन्त्रीका रुपमा रेखा शर्मालाई मन्त्रिमण्डलमा सामेल गरिएको छ।

यसैगरि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मा सीपी मैनालीलाई दिइएको छ। अघिल्लो सरकारमा उहाँकी श्रीमती नीलम के सीले उक्त मन्त्रालय सम्हाल्नुभएको थियो।

नव नियुक्त मन्त्रीहरूमा नेकपा एमालेका भीम रावल, विष्णु पौडेल, शेरधन राई, शान्ता मानवी र आनन्द पोख्रेल हुनुहुन्छ। यसैगरि नेकपा मालेका महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी पनि मन्त्रिमण्डलमा आउनु भएको छ। नव नियुक्त मन्त्रीहरूलाई आजै राष्ट्रपति विद्या भण्डारीले सपथ ग्रहण गराउनुभएको छ।

प्रकाशित मितिः २०७२ कात्तिक १९ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: