दनुवारलाई अन्तर्राष्ट्रिय अवार्ड


प्रकाशित मिति :2015-11-05 19:27:36

महिला खबर

काठमाडौं,कात्तिक १९ । शक्ति समूहका अध्यक्ष सुनिता दनुवारले एशिया लोकतन्त्र र मानवअधिकार अवार्ड २०१५ हात पार्नुभएको छ । मानव बेचबिखनविरुद्धको अभियानमा लाग्नु भएका अध्यक्ष दनुवारलाई ताइवान फाउन्डेशन फर डेमोक्रेसीले सो अवार्ड दिने भएको हो ।

ताइवान फाउन्डेशनले एशियामा मानव अधिकार तथा लोकतन्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष सो अवार्डबाट सम्मानित गर्ने गर्दछ ।  अवार्ड १० डिसेम्बर २०१५ अर्थात मंसिर २४ गते ताइवानको ताइपेइमा प्रदान गरिने शक्ति समूहले जानकारी दिएको छ ।

अवार्डसँगै दनुवारले एक लाख अमेरिकी डलर बराबरको नगद पुरस्कार समेत पाउनु हुने छ । यसअघि अध्यक्ष दनुवारले स्वीडेनबाट ‘सि टेन’ अन्तर्राष्ट्रिय अवार्ड,  फ्रान्सबाट मानवअधिकार अवार्ड पाईसक्नु  भएको छ।

प्रकाशित मिति २०७२ कात्तिक १९ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: