महिला खबर
मोरङ, कात्तिक २० । सभासद् एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले एमालेसँगको सहमति तोड्नु नेपाली काँग्रेसको इतिहासमै अक्षम्य भुलका रुपमा रहने बताउनुभएको छ ।
मोरङको राजघाटमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान कार्यान्वयन नभएसम्म सहमति तोड्न नहुने सुझाउनुभयो ।
संविधानलाई मूलधारमा ल्याएरमात्र पक्ष प्रतिपक्षको राजनीति गर्नुपर्ने सुझाव दिँदै उहाँले मिलेर संविधानको कार्यान्वयमा लाग्ने बेला एमालेसँगको सहमति गलत समयमा तोडिएको उल्लेख गर्नुभयो । गठबन्धन तोडेकै कारण मुलुक गहिरो सङ्कटमा पुगेको भन्दै नेता कोइरालाले तीन शीर्ष नेताले अब सल्लाहकार भएर बस्नुपर्ने बताउनुभयो ।
तीन शीर्ष नेतामा रहेको पदको लोभका कारण पार्टीसमेत अप्ठ्यारोमा परेको कोइरालाको भनाइ थियो । पटक पटक पार्टीको महाधिवेशन सारेर नेतृत्वले कार्यकर्तालाई समेत धोका दिएको आरोप कोइरालाको थियो ।
प्रकाशित मितिः २०७२ कात्तिक २० गते शुक्रवार
Comment Here!