म सबैको हुँ : राष्ट्रपति भण्डारी


महिलाको विकासविना देशको विकास असम्भव

प्रकाशित मिति :2015-11-06 15:46:26

महिला खबर

Prez 1

काठमाडाैं, कात्तिक २० । राष्ट्रपति विद्यादेबी भण्डारीलेे महिलाको विकास विना देशको विकास सम्भव नभएको बताउनु भएको छ। राष्ट्रपतिलाई बधाई तथा शुभकामना र देशको पछिल्लो अवस्थाको वारेमा जानकारी गराउन सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा राष्ट्रपति कार्यालय शितल निवास पुगेको महिला सञ्चारकर्मीको टोलीसँग कुरागर्दै उहाँले भन्नुभयो ‘देशको आधा जनसंख्या कमजोर हुँदा राष्ट्र अगाडि सक्दैन, म आफ्नो ठाउँबाट हिजोकै वर्गको पक्षमा काम गर्नेछु।’

गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति हुनु भएकोमा राष्ट्रपति भण्डारीलाई समूहको तर्फबाट बधाई तथा शुभकामना दिँदै अध्यक्ष शर्माले भन्नुभयो ‘भारतले गरेको अघोषित नाकाबन्दी र तराइमा भइरहेको आन्दोलनका कारण नागरिकले गम्भिर असजिलो भोगिरहेका छन्, यस्तो अवस्थामा राष्ट्रको समस्या समाधानको लागि यहाँले अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्छ भन्ने अपेक्षा राखेका छौं।’

prwz

शर्माले राष्ट्रपतिका सल्लाहकारमा पत्रकार महिलालाई नियुक्ती गरेर पत्रकार महिलालाई प्रोत्साहन दिनुहुन समेत अनुरोध गनुभयो। नेपालको पत्रकारिता र आमसञ्चार क्षेत्रको नीति निमार्ण तहमा महिलाको उपस्थिति सुनिश्चित गर्न यहाँबाट सरकारलाई आवश्यक मार्ग निर्देश हुनेछ भन्ने अपेक्षा आफूहरूले राखेको अध्यक्ष शर्माले बताउनुभयो।

राष्ट्रपति भण्डारीले मधेशमा देखिएको असन्तुष्टि छिटो भन्दा छिटो टुंङ्गोमा पुग्ने विश्वास लिएको बताउनुभयो। उहाँले सञ्चारिका समूहको भेटमा उहाँले भन्नुभयो ‘मनमा भलो चिताएर काम गरेपछि सबै राम्रो हुन्छ तपाईहरू ढुक्क हुनुहोस्।’उहाँले शिक्षाका कारण हामी भन्दा अघिको पुस्ताका महिला प्रतिस्पर्धामा आउन नसकेकाले राज्यको अन्य निकायमा उपस्थिति कमजोर भएको हुँदा दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा महत्वपुर्ण भएकोमा जोड दिनुभयो।

आफू नेपालको गौरव र प्रतिष्ठा बढ्ने गरी काम गर्न प्रतिवद्ध रहेको भन्दै उहाँले भन्नुभयो ‘म बाट कुनै पक्षधरका लागिमात्रै काम हुने छैन म सबैको हुँ।’ राष्ट्रपति भण्डारीले महिलाले आफ्नो कमजोरीको दोष अरुलाई दिएरपछि हट्नुभन्दा आफूमा क्षमताको विकास गर्नुका साथै अवसर आएको बेला प्रयोग गर्न सक्नुपर्ने सुझाव समेत दिनुभयो।

प्रकाशित मितिः २०७२ कात्तिक २० गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: