सभामुख ज्यू नागरिकको चुलो निभ्यो : पत्रकार महिला


प्रकाशित मिति :2015-11-07 21:02:33

महिला खबर 
काठमाडौं, कात्तिक २१ । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीले संविधानमा व्यवस्था भएका कुरा कानुन बनाउँदा बाङ्गोटिङ्गो भएर गए, महिलाले सोचे जस्तो नहुने बताउनु भएको छ ।

उहाँले यस्तो हुन नदिन संविधानको आधारभूत मान्यता अनुसार आफूले महिलामैत्री कानुन बनाउन  भूमिका खोल्ने प्रतिवद्धता जनाउँदै भन्नुभयो ‘महिलामैत्री ऐन कानुन बनाउनमा मेरो मुख्य भूमिका हुनेछ तर, सरोकारवालाहरू पनि सधै सजक रहनु पर्ने हुन्छ ।’

नेपालको इतिहासमा पहिलो महिला सभामुख भएकोमा ओनसरी घर्तीलाई शुभकामना तथा बधाई दिन सिंहदरवार पुगेको पत्रकार महिलाको टोलीसंग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको पत्रकार महिलाको टोलीले सभामुखलाई बधाई तथा शुभकामना दिदैँ भारतले गरेको अघोषित नाकाबन्दी र तराई आन्दोलनका कारण नागरिकले भोगेको समस्यालाई छिटो भन्दा छिटो हल गर्न संसद मार्फत् सबै राजनीतिक दल र सरकारलाई निर्देशन दिन उहाँलाई अुनरोध गरेको थियो ।

sr

समूहका अध्यक्ष शर्माले राज्यका सबै निकायमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, व्यवस्थापिका संसदबाट बन्ने नयाँ कानुनहरू महिलामैत्री बनाउन र  महिला लगायत उत्पिडित समुदायका पक्षमा संविधानले गरेका व्यवस्थाहरू कार्यान्वयन गराउनको लागि सभामुखलाई आग्रह गर्नुभयो ।

शर्माले नेपालको पत्रकारिता र आमसञ्चार क्षेत्रको नीति निमार्ण तहमा महिलाको उपस्थिति सुनिश्चित गर्न सभामुखले विशेष भूमिका खोल्ने अपेक्षा पत्रकार महिलाले राखेको बताउनुभयो । समाभुख घर्तीले समानताको आधारमा संविधानले समेट्न नसकेका मुद्धालाई संशोधन मार्फत् समेट्ने र ऐन कानुनमा व्यवस्था गर्ने बताउनुभयो ।

????????????????????????????????????

सभामुख घर्तीले महिला अधिकारको क्षेत्रमा सञ्चारिका समूहले गरेको कामको प्रशंसा गर्दै सञ्चारिकासंग आफू सधै साथमा हिड्न चाहेको इच्छा व्यक्त गर्नुभयो । उहाँले हरेक ठाउँमा जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको सवाललाई सञ्चारिकाले उठाईरहन सुझाव पनि दिनुभयो ।

उच्च पदमा दुई जना महिला पुग्दैमा आम महिलाको जीवनमा एक्कै पटक परिवर्तन नहुने बताउँदै सभामुख घर्तीले भन्नुभयो ‘नीति निर्माण गर्नेमा हाम्रो मुख्य भूमिका हुन्छ, त्यो गर्नका लागि हरेक चुनौतीको सामना गर्न तयार छौं ।’

प्रकाशित मिति २०७२ कात्तिक २१ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: