महिला खबर
नेपालगन्ज, कात्तिक २२ । मध्यपश्चिमको पहाडी जिल्ला जाजरकोटकी एक सुत्केरीले समयमै स्वास्थ्य सेवा नपाउँदा ज्यान गुमाउनु परेको छ । पाँच दिनदेखि सुत्केरी व्यथाबाट पीडित नायकबाडा गाविस २ की १७ वर्षीया मैसरी सार्कीको शनिबार रुकुमको चौरजहारी अस्पतालमा मृत्यु भएको छ ।
कम उमेरमा सुत्केरी भएकी सार्कीको शरीरमा रगतको मात्रा निकै कम भएकाले अप्रेसनपछि मृत्यु भएको अस्पतालले जनाएको छ अस्पतालका चिकित्सकले अप्रेसन गरेर पेटमै मृत्यु भएको बच्चा निकालेका थिए ।
सुत्केरी व्यथा लागेपछि दुर्गम गाउँबाट अस्पतालसम्म पुर्याउनै ३ दिन समय लागेको र त्यसैमा पनि शरीरमा रगत अभाव हुँदा उनको मृत्यु भएको स्वास्थ्यकर्मी दिलबहादुर गिरीले जानकारी दिनुभएको छ ।
मैसरीलाई सुत्केरी व्यथा लागेपछि ६ घण्टा टाढा रहेको स्वास्थ्य चौकी सिलिङ्गीचौर पुर्याइएको थियो । उक्त स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले सुत्केरी गराउन नसकेपछि अर्को दिन प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा पुर्याइएको थियो । त्यहाँ पनि सुत्केरी गराउन नसकेपछि उनलाई ५ दिन अघि डोकोमा बोकाएर ३ दिनको पैदल बाटो हुँदै रुकुमको चौरजहारी अस्पताल पुर्याइएको हो ।
प्रकाशित मिति २०७२ कात्तिक २२ गते आइतवार
Comment Here!