बालअधिकारको सम्मान र संरक्षण गर्न अपिल


प्रकाशित मिति :2015-11-08 13:31:17

महिला खबर

काठमाडौं, कात्तिक २२ । केन्द्रीय बालकल्याण समितिले आन्दोलनको नाममा बालबालिकालाई जुलुस, बन्द, हडताल तथा आफ्नो स्वार्थमा प्रयोग नगर्न अनुराेध गरेकाे छ । समितिले विज्ञप्ति जारी गरी  बालमैत्री वातावरण कायम गरी बालअधिकारको सम्मान र संरक्षण गर्न अपिल गरेको छ ।

संविधान जारी भएलगत्तै तराईका विभिन्न जिल्लामा भइरहेको आन्दोलनका क्रममा बालबालिकाको प्रयोग हुनुका साथै आन्दोलनका कारण बालबालिका आफ्नो अधिकारबाट बञ्चित हुनुपरेको भन्दै समितिले आन्दोलनभन्दा पनि सहमतिबाट समाधान खोज्न आग्रह गरेको छ ।

नेपालको मधेस केन्द्रित दलको आन्दोलन र भारतको अघोषित नाकाबन्दीबाट बालबालिकाको संरक्षण र बालअधिकारको सम्वर्द्धन तथा प्रवर्द्धनमा ठूलो आघात पुगेको छ, समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ– “महिनौँ दिनभन्दा लामो नाकाबन्दी, बन्द, हडताल, जुलुस, नारा र पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासलगायतका अभावका कारणबाट सिर्जित अवस्थाले समग्र बालबालिकालाई डर, त्रास, भय, हिंसा, अशान्ति, अभाव, बाधा, विरोध र व्यवधानको सिकार बनाएको छ ।”

समितिले नेपालले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलगायत बालबालिकाप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा व्यक्त गरेका प्रतिबद्धतालाई स्मरण गर्दै सम्बन्धित निकायलाई शान्तपूर्ण वातावरणमा बालबालिकाको विद्यालय जाने र आउने तथा शिक्षा आर्जन गर्न पाउने, औषधि उपचार गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नसमेत अपिल गरेको छ ।

बन्द, हडताल तथा हत्या हिंसाका कारणले तराई मधेसका सम्पूर्ण विद्यालय बन्द हुन बाध्य भएकाे भन्छदै समितिले भूकम्पले थलिएको समग्र आर्थिक क्रियाकलाप, शिक्षा, स्वास्थ्यमा परेको प्रभाव, खाद्यान्न आपूर्तिलगायतको अभावजस्ता प्राकृतिक विपद्को पीडा कम हुन नपाउँदै मानव सिर्जित  विपद्बाट मानवीय सङ्कट सिर्जना हुन थालेको भन्दै अाफ्नाे ध्यानाकर्षण भएको  जनाएकाे छ ।

प्रकाशित मितिः २०७२ कात्तिक २२ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: