नाराबाजीपछि व्यवस्थापिका संसदको बैठक स्थगित


प्रकाशित मिति :2015-11-08 15:43:28

महिला खबर
काठमाडौं, कात्तिक २२ । तराई मधेसमा आन्दोलनरत मधेशी मोर्चाले व्यवस्थापिका संसदको आजको बैठकमा नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले बैठक भोली दिउँसो ३ बजेसम्मको लागि बैठक स्थगित भएको घोषणा गर्नु भएको छ ।

सभामुख घर्तीले मधेशी मोर्चाले उठाएका माग सम्बोधन गराउन संसदको कारबाही अघि बढाउनु पर्ने भन्दै नाराबाजी रोक्न पटक–पटक आग्रह गर्दा उनीहरूले नाराबाजी नरोकेपछि बैठक स्थगित भएको घोषणा गर्नु भएको छ ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले संसदमा आफ्नो धारणा राखे लगत्तै मोर्चामा सम्बद्ध ८ दलका सांसदले अवरोध सुरु गरेका हुन् ।

प्रकाशित मिति २०७२ कात्तिक २२ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: