बालिका अधिकार खोज्दै बाल क्लब


प्रकाशित मिति :2015-11-09 10:40:50

महिला खबर

बुटवल,कात्तिक २३ । कोही घरयासी कारणले बीचमै पढाई छोड्न बाध्य छन् । कोही सानैमा विवाह हुँदा पढ्न जान पाएका छैनन् । कसैलाई छोरीले पढेर के हुन्छ र विवाह गरेर पठाउनु पर्छ भन्ने बाबुआमालाई लागेकाले पनि पढ्न जान पाएका छैनन् ।

प्राथमिक तहमा पढ्न जाँदै गर्दा यस्ता कारणले रुपन्देहीको पजरकट्टी गाविसमा पढाई छोड्ने धेरै बालिका छन् । यस्ता बालिकाको पढाईलाई निरन्तरता दिन अभिभावलाई सचेत बनाउन जिल्ला शिक्षा कार्यालय र पजरकट्टी गाविसले धेरै कार्यक्रम ग-यो । कार्यक्रमले उचित परिणाम दिन नसकेपछि अहिले बालक्लब गठन गरिएको छ । क्लबमा बालक र बालिका दुवै छन् ।

बालक्लबले बालबालिकालाई विद्यालय जान प्रोत्साहित गर्छ । बालिका विद्यालय नजाने कारणको खोजी गर्छ र ती कारण समाधान गर्न पहल गर्छ । बालक्लबका उपाध्यक्ष कुशमावती यादव भन्छिन् ‘समस्या आएपछि त्यसलाई कसरी समाधान गर्ने भनेर हामी क्लबका साथीहरू बसेर छलफल गर्छौ । सक्ने जति समस्या हामी आफ्नैले समाधान गर्छौं । नसक्ने अभिभावक, विद्यालय र गाविसलाई भनेर समाधानका लागि पहल गर्दछौं ।’ बालबालिकाको शिक्षादेखि अधिकारको बारेमा छलफल चलाउन पजरकट्टीमा करिब ६ महिना अघि गाविसस्तरीय बालक्लब गठन भएको हो । ९ सदस्यीय कार्यसमिति रहेको क्लबमा ४० बालबालिका आवद्ध छन् ।

DSC00087

जसमा स्ट्रोम फाउण्डेशनको सहयोगमा एवीसी नेपालले बालबालिकाहरूलाई क्लबमा आवद्ध हुन र अभियान चलाउन सहयोग गरेको छ । यसले बाल हिंसा विरुद्ध लाग्ने प्रेरणा दिने काम पनि यसले गर्दछ । बाल अधिकार, बाल कर्तव्य, गाउँमा रहेका कुसस्कारका बारेमा आवाज उठाउन बेलाबेलामा पजरकट्टी गाविसले तालिमहरू दिएको छ । बालक्लबका अध्यक्ष सुदामा खरवीन्द भन्छन् ‘बालबालिकाको हितमा बालबालिकाले काम नगरे कसले गर्छ र भनेर बालबालिकाको सहयोगमा जुटेका हौं ।’

बालक्लबका उपाध्यक्ष कुशमावती यादवका अनुसार पजरकट्टीमा अझै पनि बालविवाह कायम छ । बालविवाह बालकमा भन्दा बढी बालिकामा हुन्छ । बाबुआमाले जवरजस्त विहे गरिदिएका उनीहरू धेरै विवाह गर्नु परेकोमा दुःखी छन् ।

स्कुल पढ्दै विवाह भएका अधिकांशले विवाह पछि पढ्न पनि पाएका छैनन् । पढ्न स्कूल आउनेले पनि घरमा पकाउने , बुन्ने सिलाउने लगायतका अतिरिक्त काम सिक्नु पर्दा पढाईमा ध्यान दिन पाएका छैनन् । परिपक्क नहुँदा घरबाट पाउने हिंसाबाट झनै प्रताडित छन् । ‘यसैले बालविवाह रोक्न पनि हामीले अभिभावकहरूलाई सम्झाउन थालेका छौं ।’ उपाध्यक्ष यादवले भनिन् ।

DSC00077

आफूहरूले घरमै गएर अनुरोध गरेपछि कति साथीका बाआमाले विहेको कुरो चलाए पनि बीचमै रोकेको उनले बताइन् । ‘सानोमा घर जाँदा माया होइन नीकै दुःख पाइन्छ । पढाई बीचमै रोकिन्छ । सानै उमेरमा सन्तान जन्माउनुपर्छ । यसो गर्दा छिटै रोगी भइन्छ ।’

बालक्लबकी सदस्य रिना खरबीन्दले भनिन् ‘यसैले सानैमा विवाह भएकालाई पनि १८ वर्ष नपुग्दासम्म गौना गरेर घर नपठाउन बुबा आमालाई आग्रह गरेका छौं ।’ गाविस सचिव रामप्रसाद शर्माले बालक्लबले विद्यालय बाहिर रहेका धेरै बालिका विद्यालय ल्याउन र बालिकालाई बालक सरह शिक्षा र सामाजिक व्यवहारमा सरिक गराउन सहज भएको बताए ।

प्रकाशित मिति २०७२ कात्तिक २३ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: