असुरक्षित गर्भपतनबाट १५ वर्षीया किशाेरीको मृत्यु


गर्भपतन गर्न बाध्य पार्ने  प्रेमी र औषधि विक्रेताविरुद्ध मुद्दा 

प्रकाशित मिति :2015-11-09 11:08:31

महिला खबर

खोटाङ, कात्तिक  २३। असुरक्षित गर्भपतनले प्रेमिकाको मृत्यु भएपछि प्रहरीले प्रेमी र गर्भ पतनको औषधि विक्रेताविरुद्ध मुद्दा दर्ता गरेर कारबाही थालेको छ ।  असुरक्षित गर्भपतनले बुइपाकी १५ वर्षीया सुनिता राईको मृत्यु भएपछि उनका प्रेमी मङ्गलटारका १९ वर्षीय दीपेन्द्र राई र हलेसीमा औषधि पसल सञ्चालन गर्दै आएका गइन्द्रकुमार राईविरुद्ध प्रहरीले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालेको हो ।

औषधि सेवन गरी गत साउनमा असुरक्षित गर्भपतन गर्न बाध्य बनाइएकी सुनिताको  अत्यधिक रगत बगेर चार महिनापछि ‍   २० शुक्रवार गते मृत्यु भएकाे थियाे । यसपछि उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

‘दीपेन्द्रसँगको प्रेम सम्बन्धपछि रहेको गर्भ पतन गराउने क्रममा अधिक रक्तस्राव भएकाले सुनिताको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन्’  उहाँले भन्नुभयो – ‘सोहीअनुसार सुनिताका आफन्तले दिएको जाहेरीका आधारमा दुवैजनाविरुद्ध कर्तव्य ज्यानअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालिएको हो ।’

निजी औषधि पसलबाट गर्भ पतनको औषधि खरिद गरेर सेवन गरी गर्भपतन गराएकी सुनिताको अधिक रक्तस्रावका कारण दुवै मिर्गौला काम नलाग्ने भएपछि मृत्यु भएको चिकित्सकको भनाइ छ । करिब तीन महिनाको गर्भ तुहाउन दुवैजनाको सहमतिमा असुरक्षित तवरले निजी क्लिनिकबाट औषधि खरिद गरेर सेवन गरेपछि अधिक रक्तस्राव भएको र रक्तस्रावकै कारण सुनिताको मृत्यु भएको बुझिएको प्रहरीले जनाएको छ ।

गर्भपतनपछि गत साउन ३२ गते जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी सुनिताको अधिक रक्तस्रावका कारण जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो ।

काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराएर फर्किएकी सुनिताको दीपेन्द्रसँगको प्रेम सम्बन्धलाई विवाहका लागि कानुनी रूप दिन जिल्ला प्रहरी कार्यालय खोटाङ आउँदै गरेको अवस्थामा सदरमुकाम दिक्तेलस्थित एक होटलमा मृत्यु भएको हो ।

प्रकाशित मितिः २०७२ कात्तिक २३ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: