दिपावलीमा प्रहरीको घरदैलो


प्रकाशित मिति :2015-11-09 16:14:50

महिला खबर

20151105_093133
भक्तपुर, कात्तिक २३ । भक्तपुर प्रहरीले  दिपावली, नेपाल संवत् तथा छठ पर्वमा हुन सक्ने जुवाँ, तास, कौडा, लंगुरबुर्जा  र अतिशबाजीहरूको दुरूपयोग बिरुद्ध जनचेतना मूलक घरदैलो कार्यक्रम सुरू  गरेको छ ।

यो कार्यक्रम चाडपर्व भरि भईरहने भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक शेखर खनालले  जानकारी दिनुभयो ।

प्रहरीले जनताको घर घरमा पुगेर दिपावलीको शुभकामना आदान प्रदान गर्नुको साथै यस अवसरमा हुन सक्ने तास, कौडा, लंगुरबुर्जा जस्ता खेल तथा गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

पटका पड्काउँदा आगलागी भई धनजनको क्षति हुन सक्ने हुँदा सो को प्रयोग नगर्न र चाडवाडको समयमा हुन सक्ने चोरीका घटनाहररूमा नियन्त्रण गर्न घर छोडेर बाहिर जाँदा छिमेकि र प्रहरी इकाईमा खबर गर्ने बानी बसाल्ने, घरमा प्रकाश तथा अन्य सुरक्षा सामाग्रीको व्यवस्था गर्ने जस्ता सल्लाह सुझाव प्रहरीले घरदैलो कार्यक्रममा सर्वसाधारणलाई दिने गरेको छ ।

प्रकाशित मिति :२०७२ कात्तिक २३ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: