भुलभुलेका महिलाको नयाँ अभियान


प्रकाशित मिति :2015-11-10 11:55:13

बेलिना थापा

लमजुङ, कात्तिक २४ । पछिल्लो समय गाउँघरमा दिनहुँ विकृति, विसंगति र अपराधका घटना बढ्दै गएको छ । दण्डहिनता र अपराध गर्नेलाई राजनीतिक संरक्षण भएको अवस्थामा गाउँघरमा समेत विकृति बढ्दो छ ।

तर, केही स्थानमा यस्ता विकृति रोक्न महिला समूह कम्मर कसेर लागेका छन् । उत्तरी लमजुङको भुलभुलेमा सक्रिय महिलाले पनि यस्ता विकृति गर्नेलाई अब कारबाही गर्ने भएको छ ।

सक्रिय नागरिक महिला सञ्जाल भुलभुलेको हालै बसेको बैठकले जुवा तास, अत्याधिक मदिरा सेवन, धुम्रपान लगायत अनैतिक क्रियाकलाप गर्ने विरुद्ध दण्ड जरिवाना लिने निर्णय गरेको हो । विकृति रोक्न सञ्जालले प्रहरीसंग सहकार्य गर्ने जनाएको छ ।

सञ्जालले गाउँगाउँमा सूचना जारी गरेर स्थानिय युवा, बुद्धिजिवी, समाजसेवी तथा आम नागरिकलाई विकृतिका विरुद्धको अभियानमा साथ दिन आग्रह गरेको छ ।

समाजलाई हानी हुने गरी विकृति विसंगतिमा लागेमा जनही १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना असुल्ने निर्णय गरेको महिला सञ्जालका सदस्य पञ्चकन्या गुरुङले बताउनुभयो ।

गाउँमा चाडपर्व लगायतको नाममा बढ्दो जुवा तासले लाखौँ रुपैयाँको हारजित हुने खेल्ने गरेको उनीहरूको भनाइ छ । यस्तै जाँड रक्सी लगायतका मदिराजन्य पदार्थले गाउँघरमा होहल्ला, झैझगडा बढ्ने र परिवारमा समेत कोलाहलको अवस्था आउने भन्दै महिला नियन्त्रण गर्न लागेका हुन ।

सामाजिक सुधारका लागि यस्तो निर्णय गरेको भन्दै सञ्जालका सल्लाहकार एवं संस्थापक अध्यक्ष राममाया गुरुङले होटल व्यवसाय चलाउने व्यवसायीलाई विकृति फैलन नदिन आग्रह गर्नुभयो ।

भुलभुले महिला सञ्जालका अध्यक्ष हिरादेवी घलेको अध्यक्षतामा भएको बैठकले गाउँमा विकृति विसंगतिमा लाग्ने विरुद्ध सुराकी गर्न समेत स्थानियबासीलाई आग्रह गरेको छ ।  सुराक र गाउँलेले थाहा दिएको अवस्थामा जुनसुकै समयमा कारबाही गरिने महिला सञ्जालले चेतावनी दिएको छ ।

कात्तिक २०७२ कात्तिक २४ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: