महिला खबर
चितवन, कात्तिक २४ । चितवनको नारायणी नदी कटानको मारमा परेका आदिवासी जनजातिहरूको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरूको मुख्य बसोबास रहेको क्षेत्र चित्रवन नगरपालिकाको दिव्यनगरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
चितवन सहायता कोष क्याट बेल्जियमको आयोजना गरेको शिविरमा ५ जना विदेशी डाक्टर तथा नर्सको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो । शिविर सञ्चालनका लागि चितवन मेडिकल कलेज र चितवन सहायता समाजले पनि सहयोग गरेको थियो ।
सो शिविरबाट १८२ जना महिला र १२० पुरुषले सेवा लिएको सहायता समाजले जानकारी दिएको छ । शिविरमा परिक्षणको लागि आएका धेरै महिला तथा पुरुषमा छाला र दाँतको रोग देखा परेको परिक्षणमा सहभागी डाक्टरहरूको भनाइ छ ।
प्रकाशित मिति २०७२ कात्तिक २४ गते मंगलवार
Comment Here!