आत्मियताको चाड तिहार


प्रकाशित मिति :2015-11-10 14:51:27

जमुना वर्षा शर्मा
पोखरा, कात्तिक २४ ।  हिन्दुहरूको दोस्रो महान चाड तिहारले यतिबेलाको वातावरण झिलिमिली बनाएको छ  । यम पञ्चकका रुपमा लिइने यो पर्व पाँच दिनसम्म मनाइन्छ । पाँच दिनमा काग तिहार, कुकुर तिहार,गाइ तिहार, गोबद्र्धन पुजा, भाइटिका पर्दछन् । यी सबैको आ–आफ्नै महत्व र विशेषता रहेको छ । विशेष गरि झिलिमिलिको पर्व भनेर चिनिने तिहारमा भाइटिकाको आफ्नै महत्व रहेको छ । दिदी बहिनी र दाजुभाइ बिचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास गरिन्छ । भाइटिकालाई बिशेष बनाउन दिदीवहिनीले निके मिहिनेत गर्छन । तर, दाजुभाइ नहुने र भएपनि बिशेष कारणले भाइटिका लगाउन नपाउँलेलाई भने यो चाड खललो हुन्छ ।  पोखरा विश्वविद्यालयका उप–प्रशासक रजनी के.सीलाई  आठ वर्षदेखि आफ्नो एक्लो भाइ रञ्जन के.सीलाई टिका लगाउने अवसर मिलेको छैन । रञ्जन अध्ययनको शिलशिलामा हाल अमेरिका छन् । ‘जब जब तिहार आउँछ तब भाइको यादले निकै सताउँछ , भाइको बढी महत्व र आत्मियता साट्ने चाड तिहारमा भाइलाई एकदमै ‘मिस’ गर्छु । ’यद्यपी तिहारको दिन शुभ साइतमा भाइसँग स्काइपमा वा भाइबरमा कुरा गरेर एक अर्काबीच आत्मियता साट्ने शुभ आशिष दिने गरेको रजनी बताउनु हुन्छ ।

विभिन्न सांस्कृतिक, धार्मिक एवं वैज्ञानिक महत्वसमेत बोकेको यस चाडमा भाइलाई ‘मिस’ गरे पनि अरु पक्षबाट यसको महत्वमा रमाउने गरेको केसीले बताउनुभयो । रजनी भन्नुहुन्छ ‘तिहार भातृत्वको सम्बन्धलाई प्रगाढ बनाउने पर्व हो । यो पर्वले दिदीबहिनी र दाजुभाइ बीचको सम्बन्धलाई अझै बलियो बनाउँछ । दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्व छ । मखमली नओइलाउने फुलको प्रतिक हो भने, सयपत्री र दुवोको रंग कहिल्यै उड्दैन ।

नाकाबन्दीले आम नागरिकमा मनोवैज्ञानिक असर परेको छ । यो राष्ट्रिय संकटको बेलामा कमजोर भएर होइन साहस र धैर्यका साथ आफ्नोपनमा रमाउन सके पर्वको महत्व अझै बढ्ने विश्वास के.सीको छ ।

हरेक चाडपर्वको विशेषता र त्यसको सांस्कृतिक पक्षमा रमाउने चाहाने संचारकर्मी विमला भण्डारी तिहारको यो रमाइलो वातावरणमा दाजुभाईसँग आत्मियता साटेर रमाउने तयारीमा जुटिरहनु भएको छ । रेडियो जननीकी स्टेशन म्यानेजर भण्डारी रेडियोको व्यवस्थापकीय जिम्मेवारीलाई सम्हाल्दै यतिबेला घरको सिंगारपटार र भाइहरूका लागि मिठा मिठा परिकार बनाउन व्यस्त हुनुहुन्छ ।

देशको असहज परिस्थितिले चाडपर्वलाई केहि खल्लो बनाएपनि स्थानिय स्रोत साधनलाई उपयोग गर्दै आफ्नो पनमा रमाएर यो वर्षको तिहारलाई भव्य बनाउने सोचमा हुनुहुन्छ । ‘यस वर्षको पर्व मेरा लागि अझै स्मरणीय हुनेछ । ६ वर्षपछि विदेशमा रहेको भाइको आएको छ ।  चार दिदीबहिनीको एक्लो भाइ जसलाई यस पटक भाइटिका लगाउने अवसर मिलेको छ’ भण्डारीले भन्नुभयो ।
rachana
बैंकर रचना प्रधानलाई पनि तिहार निकै मन पर्छ । ओम फाइनान्स भैरवटोल शाखाकी शाखा म्यानेजर प्रधान यतिबेला वित्तिय क्षेत्रको चापलाई व्यवस्थापन गरेर तिहारको मनाउने तयारीमा जुटिरहनु भएको छ । घर सिंगार पटार तथा किनमेल र विभिन्न परिकार बनाउने चटारो रचनालाई  छ । वर्षमा एक दिन आउने यो चाडलाई रमाइलो वातावरणमा मनाउनुपर्छ भन्ने मान्यता राख्ने रचनालाई भाइटिकामा नेवारी समुदायमा गरिने म्हः पुजा (आत्मा पुजा)  बढि मन पर्ने बताउनु हुन्छ ।

रचना भन्नुहुन्छ –‘तिहार दाजुभाइ दिदीबहिनी बीचको सम्बन्धलाई बलियो बनाउने पर्व हो, यसका साथसाथै वित्तिय क्षेत्रमा भएकाले पनि होला मलाई लक्ष्मी पुजा गर्न पनि असाध्यै मन पर्छ ।’ उहाँ भन्नुहुन्छ ‘सप्तरंगी टिका सयपत्री र मखमलीको माला लगाएर भाइलाइ मन पर्ने परिकार खुवाउन पाउँदा साच्चै अलौकिक आनन्दको आउछ । ’

‘नेपाल सम्बत्को प्रारम्भ हुने भएकाले नेवारी समुदायले यस पर्वलाइ अझै बढि विशेष र महत्वका साथ मनाउने गरेको रचनाले बताउनुभयो । यतिबेलाको मौसम, झिलिमिली बत्ति र देउसी भैलोको सांगितीक वातावरण लोभ्याउने खालको हुन्छ । तसर्थ पनि मलाई अन्य पर्व भन्दा यो पर्व विशेष मनपर्ने उहाँ बताउनुहुन्छ ।
sarswoti 11
भर्खरमा मात्र १३३ देशका ६६ जना प्रतिष्पर्धीलाई उछिन्दै अन्तर्राष्ट्रिय जुरी अर्वाड प्राप्त गर्न सफल सरस्वती उपाध्याय पनि तिहारलाई बिशेष बनाउन व्यस्त हुनुहुन्छ  ।

उहाँ भन्नुहुन्छ ‘चाडबाड मध्य सबैभन्दा मन पर्ने चाड तिहार हो, मेरो हरेक खुशीका लागि साथ दिने मेरा आत्मिय दाजुलाई टिका लगाएर उपहारको साटासाट गर्ने क्षण निकै स्मरणीय हुन्छ ।’ विशेषतः सरस्वतीलाई झिलिमिली बत्ति,ढकमक्क फुलेको सयपत्री, देउसी भैलो र यतिबेलाको मौसमले पनि आफूलाई  निकै लोभ्याउने उहाँ बताउनुहुन्छ  ।

सरस्वतीलाई दाइ भाइको सुस्वाथ्य र दिर्घायुको लागि जल भरिएको कलशले छेकेर, निधारमा सप्तरंगी टिका र गलामा सयपत्रीको माला लगाइदिदाँको क्षण निकै आनन्दमय लाग्छ । दाजुभाइ दिदिबहिनी जम्मा भएर तास खेल्नु पनि तिहारको अर्को रमाइलो पक्ष लाग्छ । ‘यस पटक विदेशमा रहेकी दिदी पनि भाइटिका लगाउन नेपाल आएकाले यस वर्षको तिहार झनै रमाइलो भव्य हुने विश्वास सरस्वतीको छ ।

प्रकाशित मिति : २०१५ कात्तिक २४ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार छौँ । आफू जलेर आफ्ना चाहाना, खुशीहरुलाई

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: