एक एच आइ भी संक्रमितको बेदना


१६ वर्षदेखि एच आई भी

प्रकाशित मिति :2015-11-11 09:30:40

१६ वर्षबाट शरीरमा एच आई भी को भाईरस बोकेर हिँडेकी छु तर म थाकेको छैन उनिले ‘सधैंभर एचआईभीको क्षेत्रमा रहेर संक्रमितको लागि काम गर्ने साचेकी छु ।

ज्ञानु पंगेनी

नवलपरासी, कात्तिक २५ । सम्झिँदा आँखा रसाउँछ, जीवन पनि एउटा खेल हो जस्तो लाग्छ, कस्तो थियो त्यो समय र अहिले कस्तो भएको छ । समय रहेछ सबै भन्दा ठुलो कुरा, समयले कति ठाउँमा लडायो, कति ठाउँमा रुवायो । अन्धकार लाग्थ्यो जीवन कालो बादलको किनारमा पनि चाँदीको घेरा हुन्छ, यस्तै लाग्दैछ आज । केही उज्यालोका घेरा देख्दैछु जीवनमा’ । निर्मला पौडेलले पुराना दिन सँम्झदै भनिन् ।

पौडेल एक एच आई भी संक्रमित महिला हुन । निर्मलाको जन्म गैडाकोट नवलपरासीमा भएको हो  । गैँडाकोटको ढोडेनीमा हाँस्दै खेल्दै आफ्नो बाल्यकाल बिताएकी उनको १४ वर्षको उमेरमा गैडाकोटमै विवाह  भएको थियो । निर्मलाले जीवनमा धेरै सपना देखेकी थिइन् तर, सपनाहरू एकाएक भताभुङ्ग भए ।

उनी भन्छिन् ‘श्रीमान भारतमा काम गर्नुहुन्थ्यो, बिरामी परेपछि घर आउनुभयो, यहाँ आएपछि पनि बारम्बार विरामी पर्नुभयो, कुनै उपचार गर्दा पनि निको भएन अस्पतालमा डाक्टरको सल्लाहले रगत परिक्षण गर्दा उहाँलाई एच आई भी भएको रहेछ, म छाँगाबाट खसे जस्तो भएँ ।’ उनले आफ्नो कुरा सुनाउँदै भनिन् ‘डाक्टरको सल्लाह अनुसार मैले पनि भरतपुर सरकारी अस्पतालमा रगत परिक्षण गरें तर केही  देखिएन ।’ म धेरै खुसी भए तर मेरो खुसी धेरै दिन टिक्न पाएन  । मनले मानेन फेरि काठमाडौं टेकुमा रगत परीक्षण गर्दा मलाई पनि एच आई भी देखियो, म मन थाम्न सकिनँ आँखाबाट आँशु निरन्तर आईरहे ,कैयाैं दिन  रोएरै बिताएँ ।’

सानै उमेरमा विवाह गरेकी उनको श्रीमानसँगको साथ पनि लामो हुन सकेन । विवाह गरेको २ वर्षमै श्रीमानको एच आई भी का कारण मृत्यु भयो । विवाह गरेको २ वर्षमा  श्रीमान गुमाउनु परेको पीडा र १६ वर्षको उमेरमा  एच आई भी संक्रमित भएपछि उनले भोग्नु परेको दुःख सम्झिसाध्य छैन ।

IMG_0166

हिजोका दिनमा परिवार समाज तथा स्वास्थ्यकर्मीहरूले एच आई भी संक्रमित भनि गरेको भेदभावलाई पछाडि फर्केर हेर्दा उनका ती दिन काल्पनिक जस्तो लाग्छ उनैलाई , सुत्केरी गराउन जाँदा अस्पतालमा डाक्टरहरूले गरेको व्यवहार साथै अस्पतालबाट निकालिएको क्षण अनि घर परिवारले गरेको भेदभाव र छिमेकीको व्यवहार सम्झँदा  अहिलेपनि मुटु चिरिएर आउँछ ।

उनलाई अहिले हिजोको निर्मला मरेर नयाँ निर्मलाको रुपमा जन्म लिए जस्तो लाग्छ । सुरूका दिन सम्झेर भावुक हुँदै भन्छिन् ‘१६ वर्षको उमेरमा एच आई भी संक्रमित भएको थाहा हुँदा, त्यसपछि श्रीमानको मृत्युपछि भोग्नु परेको कष्ट, ६ महिनाको छोरा गर्भमा हुँदा परिवार र समाजले गर्ने  व्यवहार सम्झँदा म मान्छे होइन जस्तो लाग्छ ।’

निर्मला अहिले एच आई भीको क्षेत्रमा लुम्बिनी प्लस भन्ने सामाजिक संस्थाको अध्यक्षका रुपमा काम गरीरहेकी छन् । परिवारमा कक्षा १० मा अध्यनरत एउटा छोरा छ । आफू संक्रमित भएपनि छोरा संक्रमित नभएको र आफूले छोरालाई राम्रो शिक्षा दिएर  डाक्टर बनाउने सपना छ ।
उनी एच आई भी संक्रमित भएको १६ वर्ष बितेसकेको छ । आज उनी एच आई भी संक्रमितको जीवन सुधारको सहयोगमा लागिरहेकी छन् ।
आफू संक्रमित हुँदा खेप्न परेको सामाजिक भेदभाव, समस्या र दुःख अरूले नपाउन भन्ने उद्देश्यले संक्रमित भए देखिनै एच आई भी को क्षेत्रमा कामगर्दै आईरहेकी छन् । २०५६ सालमा त्रिनेत्र नेपालबाट सुरू भएको यात्रा  माइती नेपालमा परामर्शकर्ता, सक्रिय समूह चितवनको संस्थापक अध्यक्ष, राष्ट्रिय एच आई भी एड्स महासंघ काठमाडौंको केन्द्रिय उपाध्यक्ष, सिसिएम बोर्ड सदस्य  हुँदै अहिले लुम्बिनी प्लसमा उनी सक्रिय छन् । हिजो आज उनको दैनिकी संक्रमितहरूको सहयोग,उपचारमा बित्ने गर्दछ ।

एच आई भी को क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप उनी २०५९ मा थाइल्याण्डमा एच आई भी संक्रमितहरूको सञ्जाल मार्फत् सम्मानित भएकी उनी स्वदेशमै पनि थुप्रै सम्मान पाएकी छन् । उनको जीवनमा आधारीत ‘द निर्मला’ सचेतनामूलक नेपाली चलचित्र पनि निर्माण भएको छ ।

निर्मला भन्छिन् ‘कहिलेकाँही अरूले गरेको गल्तीको दोष आफूले पनि भोग्नु पर्दछ । एच आई भी संक्रमित भएका पनि कति जानी नजानी त कति अञ्जानमा संक्रमित भएका छन् । संक्रमित भएपछि पनि जिवन राम्रोसँग चलाउन हिम्मत गर्न सक्नुपर्दछ, सुखमा त जो सुकै सहज जीवन चलाउन सक्दछन् । दुःखमा पनि खुसी हुने हिम्मत  राख्नुपर्छ ।’ ‘सुरूका दिनमा जीवन यात्रा गर्दा  काँडैकाँडाको बाटो र तरवारको धारवाट यात्रा गरे समय र परिस्थितिलाई सामना गर्दै ,अन्धविश्वासले जकडिएको समाजलाई पछाडी छाडदै आजसम्म सघंर्षका पाईलाहरु अगाडी बढाउँदै छु ,पाईला अझै थाकेका छैनन्’ निमर्ला भन्छिन् ।

१६ वर्षबाट शरीरमा एच आई भी को भाईरस बोकेर हिँडेकी छु तर, म थाकेकी छैन उनले ‘सधैंभर एचआईभीको क्षेत्रमा रहेर संक्रमितको लागि काम गर्ने सोचेकी छु । आगामी दिनमा संक्रमित बालबालिका ,तथा प्रभावित बालवालिकाहरूका लागि पुर्नस्थापना केन्द्र खोली संक्रमित बालवालिकाको आमाको रुपमा काम गर्ने योजना रहेको बताइन् ।

‘एचआईभी संक्रमित हुन  जीवनको अन्त्य होईन नयाँ जीवनको सुरुवात हो’ संक्रमितक भएपछि जीवन सहज रुपमा चलाउन सकिन्छ’, उनले भनिन् ।

प्रकाशित मिति : २०७२ कात्तिक २५ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: