न धान न कोदो के खाने ?


प्रकाशित मिति :2015-11-11 19:06:06

बेलिना थापा
लमजुङ, कात्तिक २६ । धानखेती गर्ने बेला वर्षा नभएपछि खेतमा कोदो रोपेकी लमजुङ नौथर ६ काम्चोककी अनिता गुरुङ अहिले झनै ठूलो पीडामा छन् ।

धानको सट्टा कोदो फलाउने आसामा उनले गरेको खेतीमा फौजी किरा लागेपछि वर्षदिन के खाने भन्ने पीडाले सताएको बताईन ।
भूकम्पले घर भत्किएर टहरामा बस्नु परेको पीडा त छँदैछ, त्यसमाथि वर्षदिनको खेती फौजी किराले सखाप परेपछि परिवारको गर्जो कसरी टार्ने भन्ने चिन्तामा उनी छिन् ।

उनले भनिन् ‘धान रोप्न पाइन, त्यो जग्गामा सबै कोदो रोपेको थियो । कोदोमा पनि किरा लाग्यो केही छैन् । कोदो बारीमा गयो कि आँसु झर्छ ।’ पानी नपरेपछि यहाँका स्थानीयले धान रोप्ने खेतमा कोदो रोपेका थिए ।

स्थानीय विरमाया गुरुङलाई पनि अब घर व्यवहार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ । उनले भनिन् ‘खेती भएन, साँझ खाए बेलुका के खाऊँ भन्ने कुरा मनमा खेलिरहन्छ ।’

12211983_481806432024637_2031337138_n

यस्तै मखमाया गुरुङलाई घरमा बास नभए पनि छाक टार्न सकिन्न छ कि भनेर कोदो लगाए । तर, अहिले न घर, न धान, न कोदो भएपछि कहाँ जाऊँ के गरौँ भन्ने भएको पीडा सुनाइन ।

कोदो टिपेर घर ल्याउनु पर्ने बेला काटेर पशुलाई घाँस खुवाएको मखमायाले बताईन । लमजुङको नौथर लगायत दुधपोखरी, फलेनी, पाँचोक, भोँजे, पसगाउँ, मालिङ, घेर्मु, ताघ्रिङ, बाहुन डाँडा लगायतका गाविसमा किसानले लगाएको कोदो बालिमा फौजी किरा लागेको छ ।

कोदो हरीयो भएको समयदेखि नै किराले खान सुरू गरी पाक्ने समयसम्म बोटमै सखाप पारेको किसानहरूको भनाइछ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार लमजुङमा यसवर्ष ७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको छ । पाखो बारीमा लगाइने कोदो बाली गत वर्ष जिल्लामा ७ हजार ५ सय २३ मेट्रिकटन उत्पादन भएको थियो । तर, यो वर्ष भने कोदो खेतीको उत्पादन घट्ने कृषि विकास कार्यालयको भनाइछ ।

कोदोमा लागेको किरा मार्न गाउँगाउँमा औषधी पठाएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले बताए ।
तर, किसानहरू भने सल्लाह सुझाव, प्राविधिक सेवाको खाँचो रहेको बताउँछन् ।

प्रकाशित मिति २०७२ कात्तिक २६ 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: