कांग्रेससँगको सहकार्यमा समस्या समाधान गर्न सकिन्छ – मन्त्री शर्मा


प्रकाशित मिति :2015-11-12 16:35:56

महिला खबर

दाङ, कात्तिक २६ । सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षमा रहेको ठूलो दल नेपाली काँग्रेसलाई साथमा लिएर मात्रै मुलुकको विद्यमान समस्या गर्न सकिने बताउनुभएको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले बिहीवार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले देशमा विद्यमान समस्याको समाधान गर्न नेपाली काँग्रेसलाई मनाएर संविधान संसोधनमार्फत निकास दिन सकिने बताउनुभएको हो ।

वार्ता समितिका सदस्यसमेत रहनुभएकी मन्त्री शर्माले मधेसी दलका एजेण्डा संविधान संशोधनमार्फत प्रक्रियामा रहेको भन्दै सिमाङ्कनको विषयको सवालमा सबै दल एक भएर मात्रै निकास दिन सकिने धारणा राख्नुभयो । उहाँले नेपाल हरेक क्षेत्रमा आत्मनिर्भर नभएकै कारण विषम् परिस्थितिको सामना गर्न जनताले थप कष्ट व्यहोर्नुपरेको बताउनुभयो ।

प्रकाशित मितिः २०७२ कात्तिक २६ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: